०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

६० लाख धरौटीमा रिहा भए रवि लामिछाने

कास्कीबाट रिहा भए लगतै काठमाडौ अदालतमा बहसका क्रममा तीन दिन प्रहरी हिरासतमा बसेका लामिछाने काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् ।
६० लाख धरौटीमा रिहा भए रवि लामिछाने


काठमाडौं । सहकारीको रकम अपचलनमा मुद्दा खेपिरहेका रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने काठमाडौ अदालतबाटपनि ६० लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् । 


कास्कीबाट रिहा भए लगतै काठमाडौ अदालतमा बहसका क्रममा तीन दिन प्रहरी हिरासतमा बसेका लामिछाने काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् । अदालतको आदेश बमोजिम लामिछानेले बैंक ग्यारेन्टीसँगै रविलाई प्रहरीले आफन्तको जिम्मा लगाएको अदालतले जनाएको छ । काठमाडौं कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना मुद्दामा काठमाडौ जिल्ला अदालतमा तीन दिन थुनछेक बहस भएको थियो । 

लामिछाने आइतबार बिहान आफैं अदालत उपस्थित भएका थिए । तर, बयानपछि न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई हिरासत पठाएका थिए । सहकारी ठगीको अनुसन्धानका सिलसिलामा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनको हिरासतपछि पुस २५ गते ६५ लाख धरौटीमा रिहा भएका थिए । 

प्रतिक्रिया