कठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेका विरोधको भर्त्सना गरेको छ। रास्वपाले संसदीय छानबिन समितिले सहकारी ठगीमा संलग्नता नरहेको पुष्टि गरे पनि लामिछानेलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ।
‘संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा सोही मुद्दामा सभापतिलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको हाम्रो ठम्याइ छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘तथापि रास्वपा विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार छ।’
रास्वपाले आफ्नो सभापतिलाई पक्राउ गरेर सहकारीमा डुबेको जनताको ८७ अर्ब अपचलनलाई उन्मुक्ति दिन खोजेको दावी पनि गरेको छ। उसले गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामेक्स र वाइडबडी जस्ता अर्बौँको घोटाला आपसी समझदारीमा मिलाएर एक अर्कालाई जोगाउँदै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेको जनाएको छ।









प्रतिक्रिया