०५ वैशाख २०८३, शनिबार
Sat, Apr 18, 2026
SUBSCRIPTION

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

यो पक्राउसगै राष्ट्रपति युल कार्यकाल कायमै रहदाँ पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली नेता बनेका छन् । उनलाई अनुसन्धानकर्ताहरूले भ्रष्टचार अनुसन्धान कार्यालयमा राखेर सोधपुछ गर्ने भएका छन् ।
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

न्यूयोर्क । समर्थक र विराधीहरुको प्रदर्शनकावीच दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक युल पक्राउ परका छन् । राष्ट्रपति युललाई बुधवार बिहान निबासबाट अनुसन्धानकर्ताहरुले पक्राउ गरेका हुन । 

यो पक्राउसगै राष्ट्रपति युल कार्यकाल कायमै रहदाँ पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली नेता बनेका छन् । उनलाई अनुसन्धानकर्ताहरूले भ्रष्टचार अनुसन्धान कार्यालयमा राखेर सोधपुछ गर्ने भएका छन् । 
राष्ट्रपति युनलाई जनवरी ३ मा अदालतले गिरफ्तारी आदेश जारी भएपछि उनका सुरक्षा गार्डहरूले पक्राउ गर्न दिएका थिएनन् । त्यससंगै उनका समर्थक र विरोधीहरुको समेत निबास बाहिर दैनिकजसो प्रदर्शनहरु भइरहेका छन् । प्रदर्शनहरु चर्किदै जाँदा दुवैपक्षवीच हिंसात्मक टक्कर हुनसक्छ कि भन्ने त्रास फैलिएको थियो ।

तर बुधवार बिहान अनुसन्धानकर्ताहरू थप प्रहरी अधिकारीहरूकोसाथ राष्ट्रपति निबासमा पुगेर पक्राउको प्रक्रिया अघि बढाउदा कुनै अप्रिय घटना भएन । पक्राउ गर्न गएका सुरक्षा अधिकारीहरुलाई प्रवेशद्धारबाट जान बन्चित गरेपछि भर्याङ चढेर भित्र प्रवेश गरेका थिए । अब युनलाई डिसेम्बर ३ मा गरेको मार्शल कानूनको घोषणाबारे अनुसन्धानकर्ताहरूले सोधपुछ गर्नेछन् । 

पक्राउको केही समयपछि एक भिडियो सन्देश सार्वजानिक गर्दै राष्ट्रपति युनले आफू अनुसन्धानको लागि तयार रहेपनि अनुसन्धान भने गैर कानूनी रहेको बताएका छन् । पक्राउलाई अस्वीकार गर्दा सुरक्षा गार्ड र प्रहरी बीचको ’रक्तपात’बाट टाढा रहन सकियोस् भनेर आफु पक्राउ गर्न तयार भएको उनले बताएका छन् । उनले अनुसन्धान र गिरफ्तारी आदेशलाई गैरकानूनी भनेका छन् । 

प्रतिपक्षी दलको बहुमत रहेको संसदले गत महिनामा युनको मार्शल कानून आदेश अस्वीकार गरिसकेको छ भने उनलाई विद्रोहको आरोप लगाएको छ । दक्षिण कोरियाको संवैधानिक अदालतले १४ डिसेम्बरमा युनको महाभियोगलाई वैध ठहर्याउने निर्णय समेत गरेको थियो । 

प्रतिक्रिया