पाल्पामा जन्मिएकी चाँदनी जोशीले महिला सशक्तिकरण र लैङ्गिक अधिकार नीति विशेषज्ञको रुपमा झण्डै छ दशक काम गरिसकेकी छन्। नेपाल लगायत दक्षिण एशियाली महिला आन्दोलनको सशक्त खम्बाको रुपमा परिचित उनी राष्ट्रिय नीतिमा महिला तथा लैङ्गिक मुद्दालाई समावेश गर्न सक्नुलाई एउटा सफलता मान्छिन्। दूरदराज र गाउँगाउँका महिलाको कुरा सुनेर मात्र महिलाको लागि कार्यक्रम तर्जुमा गर्न सकिने तर्क गर्ने चाँदनी नेपालका ६५ वटा जिल्ला पैदलै हिँडेर पुगेकी छन्। नेपालमा मात्र नभएर पाकिस्तान, अफगानिस्तान, श्रीलङ्का जस्ता मुलुकमा समेत महिला अधिकारको सुरुवात गराएकी जोशीले संसारका शक्तिशाली राष्ट्र प्रमुखसँग महिलाको मुद्दामा एडभोकेसी गरेकी छन्। पद र कुर्सीप्रति कहिल्यै मोह नभए पनि आफ्नो कामले दक्षिण एशियामा मात्र नभएर विश्वभरि नै परिचित छन् जोशी। संयुक्त राष्ट्रसङ्घले प्रदान गर्ने ड्रिम टीम लगायत विभिन्न अवार्ड तथा आभुषणबाट विभूषित भइसकेकी जोशीले 'होम-बेस्ड वर्कर' को कामको मूल्याकंन नभएपछि होमनेट नेपाल मार्फत घरेलु कामको मूल्याकंन हुनु पर्ने आवाज पनि उठाइरहेकी छन्। अन्तरजातीय विवाह गरेपछि चिना जलाइए पनि आफ्नो कामले गर्दा चम्किएकी उनै चाँदनी जोशीसँग कुराकानी गरेका छौं ।





प्रतिक्रिया