एजेन्सी। लस एञ्जेलस काउन्टीमा भइरहेको आगलागिबाट बुधबारसम्म कम्तिमा दुईको मृत्यु भएको छ भने १००० भन्दा बढी संरचना जलेका छन्।
मंगलबार बिहान १०ः३० मा देखिएको भएको आगलागिका कारण लस एञ्जेलसको प्यासिफिक प्यालिसेडबाट कम्तिमा ३० हजार मानिस हटाइएको छ। साथै, लस एञ्जलेसको उड्ली तथा आसपासका क्षेत्र हस्र्ट र इटनमा पनि आगलागि जारी छ।
प्यालिसेड्सबाट सुरु भएको आगलागि करिब तीन हजार एकड क्षेत्रमा फैलिएको छ। कम्तिमा १० हजार ३०० घर जल्ने जोखिममा छन्। दोस्रो आगलागि मंगलबार साँझ इटनबाट सुरु भएको थियो। तेस्रो आगलागि हस्र्टमा मंगलबार राति अबेर सुरु भएको बताइएको छ। चौथो आगलागि भने बुधबार बिहान उड्लीबाट सुरु भएको थियो।
आगलागिको क्षतिको पूर्ण बिवरण आइसकेको छैन। घाइते र जलेका मानिसहरुको विवरण पनि आइसकेको छैन। क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युजमले आपतकाल घोषणा गरेका।





प्रतिक्रिया