न्यू योर्क। अपराध गरेका आप्रवासी हटाउने सम्बन्धमा ‘बोर्डर जार’ टम होम्यान आफ्नो उदेश्य समान रहेको मेयर एरिक आडम्सले बताएका छन्। राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले नियुक्त गरेका होफम्यानसँग बिहीबार सिटी हलमा भएको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा आडम्सले उक्त कुरा बताएका हुन्।

‘पटक पटक हिंसात्मक अपराध गरेका आप्रवासीका लागि न्यू योर्क सिटी सेफ हेवन (सुरक्षित स्थल) हुन सक्दैन भन्ने हाम्रो चहाना बोर्डर जारसँग मिल्यो,’ आडम्सले भने, ‘त्यस्ता मानिसका पछाडि कसरि लाग्ने भन्ने विषयमा छलफल गर्यौं।’ आडम्सले बाहिर भनिएजस्तो कागजात नभएका परिश्रमी आप्रवासी नहटाइने पनि प्रष्ट पारे।
भ्रष्टाचारको मुद्धाबाट माफी पाउन ट्रमपको आप्रवासी नीतिप्रति झुकाव बढाएको भन्दै पछिल्लो समय आडम्सको आलोचना भइरहेको छ।
मेयर आडम्सले पटक पटक अपराध गरेका आप्रवासी हटाउन कानूनका विज्ञहरुले इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) सँग कसरि सहकार्य गर्न सकिन्छ भन्ने कानूनी उपायहरु अध्ययन गरिरहेको बताए। ती उपायमा सहमति र स्वीकृति भएपछि त्यस्ता आप्रवासी कसरी हटाउने भन्ने प्रष्ट खाका बन्ने उनको भनाइ छ।

उनको भनाइबाट न्यू योर्क सिटीमा पुनः आइस सक्रिय हुने देखिन्छ। अघिल्ला मेयर बिल दि ब्लाजियोको पालादेखि न्यू योर्क सिटीमा आइस निस्क्रिय रहँदै आएको छ। होम्यानले ट्रम्पको ‘मास डिपोर्टेसन’ लगायतका आप्रवासी नीति लागू गर्ने प्रतिबद्धता जनाएका छन्। त्यसलाई कार्यान्वयन गर्न असहयोग गर्ने सिटीको बजेट रोकिदिने सार्वजनिक अभिव्यक्ति समेत होम्यानले दिएका थिए।
त्यस्तै, भ्रष्टाचारको मुद्धा खेपिरहेका आडम्सले न्यू योर्क सिटीलाई ‘स्याङ्चुअरी सिटी’ बाट अलग्याउनु पर्ने अभिव्यक्ति दिँदै आएका छन्। भ्रष्टाचारको मुद्धाबाट माफी पाउन ट्रमपको आप्रवासी नीतिप्रति झुकाव बढाएको भन्दै पछिल्लो समय आडम्सको आलोचना भइरहेको छ।
होम्यानले अघिल्लो ट्रम्प प्रशासनमा एक्टिङ डाइरेक्टरका रुपमा काम गरिसकेका छन्। ‘बोर्डर जार’ आइस, कस्टम एण्ड बोर्डर पेट्रोल (सिबिपी, डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएसएस) लगायतका आप्रवासी नियमन र निस्कासनमा भुमिका खेल्ने निकायबीच संयोजनकारी भूमिका खेल्न अनौपचारिक पद हो। यो पद बाराक ओबामाको समयदेखि चर्चामा आएको हो। उनले इतिहासमा सबैभन्दा बढी ३० लाख ८० हजार १९५ आप्रवासी डिपोर्ट गरेका थिए।
भिडियो हेर्नुहोस्ः









प्रतिक्रिया