०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

डोनाल्ड ट्रम्प ४७ औं राष्ट्रपति

डोनाल्ड ट्रम्प ४७ औं राष्ट्रपति

न्यू योर्क। डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका छन्। निर्वाचनको अन्तिम नतिजा आउन बाँकी रहेपनि ट्रमले २७७ इलेक्टोरल भोट सुनिश्चित गरिसकेका छन्।

कूल ५३८ इलेक्टोरल भोट रहेको अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोट चाहिन्छ। ट्रम्पका निकटतम प्रतिद्वन्वी कमला ह्यारिसले बुधबार विहान ६ बजेसम्म जम्मा २२४ इलेक्टोरल भोट सुनिश्चित गरेकी छन्। तर, उनले पराजय स्वीकारी सकेकी छैनन्। नेभादा, एरिजोना, मिशिगन र अलास्काको मतदान नतिजा आइसकेको छैन।

ट्रम्पले आप्रवासनलाई मुख्य चुनावी मुद्धा बनाएका थिए। उनले आप्रवासीका कारण अमेरिकामा अपराध बढेको दावी गर्दै आएका छन्। सेना र स्थानीय प्रहरी समेत परिचालन गरेर तथा शिविर खडा गरेर एक करोड ५० लाख देखि दुई करोड अनधिकृत आप्रवासी अमेरिकाबाट हटाउने उनको योजना छ। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको परिभाषा अनुसार अनधिकृत आप्रवासीमा ग्रीन कार्ड प्राप्त गरिनसकेका सबै आप्रवासी अनधिकृत हुन्। त्यसमा टिपिएस, डाका लगायतका हैसियतमा रहेका सबै आप्रवासी पर्छन्।

प्रतिक्रिया