०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

म्यानह्याट्नमा डोनाल्ड ट्रम्प विरुद्ध विशाल प्रदर्शनी (भिडियो सहित)

म्यानह्याट्नमा डोनाल्ड ट्रम्प विरुद्ध विशाल प्रदर्शनी (भिडियो सहित)

न्यू योर्क सिटी। प्रदर्शनकारीले अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प विरुद्ध शनिबार (नोभेम्बर ) म्यानह्याट्नको सडक कब्जामा लिए। 

कोलम्बस सर्कलस्थित ट्रम्प इन्टरनेशनल होटेल अगाडि भेला भएका विशाल जत्थाले ट्रम्प विरुद्ध नाराबाजी गरे। उनीहरुले ट्रम्पको आप्रवासीलाई सामुहिक निस्कासन (मास डिपोर्टेसन), प्रजनन अधिकारमा अंकुश विद्यालयमा यौन शिक्षामा प्रतिबन्ध लगायतका विवादास्पद नीतिको विरोध गरे। 

राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्प विरुद्ध विभिन्न शहरमा हजारौंले प्रदर्शन गरिरहेका छन्। म्यानह्याट्नमा शनिबार भएको विशाल प्रदर्शनीमा ठूलो संख्यामा आप्रवासी उनीहरुको पक्षमा काम गर्ने संघ संस्थाका प्रतिनीधि थिए। त्यसमा जुइस समुदाय, कानून ब्यबसायी स्थानीय राजनीतिज्ञ थिए। उनीहरुले 'वि वन्ट ब्याक डाउन'  'ट्रम्प इज नट आवर प्रेसिडेन्ट' लगायतका नारा लगाएका थिए। 

प्रदर्शनीमा कलाकारहरुको समुहले प्रस्तुति दिएका थिए। प्रदर्शनीलाई झण्डै एक दर्जनको समुहमा रहेका ट्रम्प समर्थकले विथोल्ने प्रयास गरेका थिए। तर प्रहरीले उनीहरुलाई सडक किनारमा रहेको ब्यारिकेड बाहिर निकालिदिएका थिए। 

ट्रम्प स्वामित्वको ट्रम्प इन्टरनेशनल होटेल अगाडिबाट सुरु भएको प्रदर्शनी ५९ स्ट्रीट हुँदै सिक्स्थ एभेन्युको ४४ स्ट्रीटमा टुंगिएको थियो। प्रदर्शनीलाई हेलिकोप्टरले निगारानी गरेको थियो। 

प्रर्दशनीको भिडियोः 

 

प्रतिक्रिया