०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

प्रमुख दलहरुद्धारा उद्धारकार्य प्रभावकारी बनाउन माग गर्दै सहयोग हस्तान्तरण, एकै दिन दश करोड जम्मा

दलका प्रमुख नेताहरुले आइताबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पिडीतको उद्धारका लागि पार्टीको ध्याकनकर्षणपत्र प्रदान गर्दै आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।
प्रमुख दलहरुद्धारा उद्धारकार्य प्रभावकारी बनाउन माग गर्दै सहयोग हस्तान्तरण, एकै दिन दश करोड जम्मा

काठमाडौ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका प्रमुख दलहरुले बाढी पहिरो पिडीतको उद्धार र राहातलाई प्रभावकारी बनाउन आग्रह गर्दै प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग प्रदन गरेका छन् । 

ती दलका प्रमुख नेताहरुले आइताबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पिडीतको उद्धारका लागि पार्टीको ध्याकनकर्षणपत्र प्रदान गर्दै आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे सुझावसहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आज रु ५० लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री ओलीलाई भेटेर सभापति देउवाले ३४ बुँदे सुझावपत्र तथा चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षले एकताबद्ध भएर सामना गर्नुपर्ने मुख्य भावनासहित दिएका सुझाव मननीय भएको बताए । नेपाली कांग्रेसले विपद्को सामना मिलेर गर्न र भविष्यमा आउने विपदको पूर्व तयारी गर्न एकता र एकताबद्ध भवनाका साथ लाग्न सरकारलाई आग्रह गरेको छ । 

यस्तै प्रधानमन्त्री उद्धार कोषमा एमालेले पचास लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले)ले आइताबार ५० लाख हस्तान्तरण गर्दै उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन समेत आग्रह गरेको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपदको सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए । एमालेले प्रधानमन्त्री राहत कोषमा पचास लाख र सांसदहरुको आधा महिनाको तलब बराबरको रकम बेग्लै प्रदान गर्ने निर्णय गरेको थियो । सो अवसरमा गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, सचिव रघुबीर महासेठलगायतका नेताहरु सहभागी थिए ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र) ले बाढी, पहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोलीले सो ध्नानाकर्षण गराएको हो । नेता श्रेष्ठले पूर्व तयारीका काम र विपद्पछि तत्काल खोज, उद्धार र राहतका काममा लाग्न आग्रह गर्दै यसका लागि सम्बन्धित निकाय र सबै पक्षले साझा दायित्व सम्झिनुपर्नेमा जोड दिनुभयो । सो दलले विपद व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न आफ्नो दल तयार रहेको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले विपदका् न्यूनीकरण गर्ने र आइलागेको विपद्को सामना गर्न सबै पक्ष मिलेर गर्नुपर्ने र यस काममा सरकारले अगुवाइ गर्ने बताउनुभयो । सो अवसरमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरु वर्षामान पुन, जनार्दन शर्मा, पम्फा भुसाललगायत नेताहरु सहभागी थिए । 

एकैदिन दश करोडबढी जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका आइतबार एकैदिनमा विभिन्न संघसंस्थाले दश करोडभन्दा बढी सहयोग रकम हस्तान्तरण गरेको छ । प्रधानमन्त्री कार्यालयबाट प्राप्त जानकारी अनुसार आइताबार आइएइ ग्रुपबाट ५ करोड रुपैयाँ, नेपाल बैँक लिमिटेडबाट २ करोड रुपैयँ, निर्माण व्यवसायी विकास परिषदबाट १ करोड रुपैयाँ, एमालेबाट ५० लाख,  नेपाली काँग्रेसबाट ५० लाख, नेपाल इन्स्योरेन्सबाट ५० लाख, एनएमबी बैँकबाट ५१ लाख, र मेटलाइफ इन्स्योरेन्सबाट २५ लाख रुपैयाँ गरी जम्मा १० करोड २६ लाख रुपैयाँ जम्मा भएको हो । सो कोषमा एक करोडा जम्मा गर्ने सरकारले निर्णय गर्दै सहयोग गर्न आह्वान गरेको थियो । 

 

                                                                                            तस्बिरहरुः प्रधानमन्त्री सचिवालय

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू