०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

प्रथम महिलाको स्वागत समारोहमा राधिका शाक्य सहभागी

अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिलले राष्ट्रसंघको महसभामा आएका विश्वभरका प्रथम महिलाहरुलाई स्वागतका लागि कार्यक्रम आयोजना गरिएको हो ।
प्रथम महिलाको स्वागत समारोहमा राधिका शाक्य सहभागी

न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी प्रथम महिला जिल बाइडेनले आयोजना गरेको स्वागत समारोहमा नेपालका प्रथम महिला राधिका शाक्य सहभागी भएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिलले राष्ट्रसंघको महसभामा आएका विश्वभरका प्रथम महिलाहरुलाई स्वागतका लागि कार्यक्रम आयोजना गरिएको हो । 

सो क्रममा राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागि हुने क्रममा न्युयोकमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य सो समारोहमा सहभागी हुनुभएको हो। स्वागत कार्यक्रममा 
महासभामा भाग लिन आएका राष्ट्रप्रमुख तथा सरकार प्रमुखका प्रथम महिलाहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया