०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

पीडितको अधिकार सुरक्षित गर्दै शान्ति प्रक्रिया टुंग्याउन सरकार केन्द्रीतः प्रधानमन्त्री

बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नै नेपाल शान्ति प्रक्रियालाई चाँडोभन्दा चाँडो सम्पन्न गर्नेतर्फ केन्द्रित रहेको उल्लेख गर्दै द्वन्द्वकालका घाउहरू निको पार्नको लागि क्षतिपूर्तिको व्यवस्था तथा मेलमिलाप पनि प्रक्रिया अपनाइने बताए ।
पीडितको अधिकार सुरक्षित गर्दै शान्ति प्रक्रिया टुंग्याउन सरकार केन्द्रीतः प्रधानमन्त्री

न्यूयोर्क । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई चाँडो भन्दा चाँडो सम्पन्न गर्नेतर्फ आफ्नो सरकार केन्द्रीत भएको बताएका छन् । यसक्रममा सत्य र न्यायसहीत पीडितको अधिकारलाई कायम राखिने पनि प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गरे । 

संयुक्त राष्ट्र संघको ७९ औं महासभालाई नेपालको सरकार प्रमुखको रुपमा विहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफु प्रधानमन्त्री भएलगतै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट पारित गरेको बताए ।  बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नै नेपाल शान्ति प्रक्रियालाई चाँडोभन्दा चाँडो सम्पन्न गर्नेतर्फ केन्द्रित रहेको उल्लेख गर्दै द्वन्द्वकालका घाउहरू निको पार्नको लागि क्षतिपूर्तिको व्यवस्था तथा मेलमिलाप पनि प्रक्रिया अपनाइने बताए । 
 
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपाल लामो द्धन्दबाट उठेको मुलुक भएकोले शान्ति र राजनीतिक स्थीरताको महत्व अवगत रहेको भन्दै नेपालको शान्ति प्रक्रियालाई टुंगामा पुर्याउन संयुक्त राष्ट्रसंघ र विश्व समुदायले गरेको सहयोगको सरहान गरे । वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय नारालाई साकार पार्न लागि परेका भन्दै नेपाललाई सन् २०२६ भित्रमा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने भनिए पनि यो लक्ष हासिल गर्न २४ बिलियन युएस डलरको खाडल रहेको उल्लेख गरे।
दुई ठूला राजनीतिक दलको सहकार्यमा बनेको वर्तमान सरकार जनताको समावेशी र समतामूलक समृद्धिका लागि आर्थिक रुपान्तरणलाई अघि बढाउँदै स्थायित्व कायम गर्न कटिबद्ध रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले विश्वमा गरिबी र विपन्नता गहिरो चिन्ताको विषय भएको बताउदै धनी र गरिबबीचको भिन्नता, सद्भाव र घृणा, आर्थिक विकास र वातावरणीय विनाश बढ्दो क्रममा रहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले भने, कम विकसित देशहरूमा देखिएको यस्ता समस्याहरुलाई समाधान गर्न सहयोग र सहकार्यलाई बढावा दिने नेतृत्व प्रदर्शन गर्नुपर्ने आजको आवश्यक्ता हो। सैन्य खर्च आकासिएका प्रसंग उल्लेख गर्दै उनले आणविक द्वन्द्वको जालो पहिले भन्दा झन ठूलो देखिएको बताए । बर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव अस्तित्वका लागि कसैलाई पनि पछाडि छाडिनुहुन्न भन्ने लक्ष्य लिएर सँगै काम गर्ने भन्ने विषय समयसापेक्ष भएको उनको भनाई छ । 
सम्बोधनका क्रममा ओलीले भने, संयुक्त राष्ट्रसंघले ‘समिट अफ द फ्युचर’ मार्फत वर्तमान र भावी पुस्ताका लागि सुरक्षित, न्यायपूर्ण र दिगो विश्व निर्माण गर्ने प्रतिबद्धतालाई पुष्टि गरेका बताए ।

प्रतिक्रिया