न्यू योर्क। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आज न्यू योर्क आइपुग्ने भएका छन्। संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधिको कार्यालय अनुसार, राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेपाली टोली बेलुका १०ः३० बजे न्यूयोर्कको जेएफके अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने तालिका छ।
न्यूयोर्कस्थित नेपाली महाबाणिज्य दूताबासले न्यू योर्क सिटिको क्वीन्सस्थित गुल्सन टेरासमा ओली र उनीसँगै भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री आरुजु राणा देउवाले नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम राखेको छ। महावाणिज्य दुतावासले सेप्टेम्बर २२ मा हुने उक्त कार्यक्रममा सहभागी हुन सबै नेपाली समुदायलाई आग्रह गरेको छ। कार्यक्रम साँझ ५ः३० मा हुँदैछ।
ओली नेतृत्वको टोली अघिल्लो रात नेपालबाट न्यू योर्क प्रस्थान गरिसकेको छ। टोली कतारको दोहा हुँदै न्यू योर्क उड्दैछ।

ओलीले राष्ट्रसंघको महासभा सम्बोधन गर्नु अघि नेपाली समुदायलाई सम्बोधन गर्नेछन् । न्यूयोर्कस्थित नेपाली महाबाणिज्य दूताबासले न्यू योर्क सिटिको क्वीन्सस्थित गुल्सन टेरासमा ओली र उनीसँगै भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री आरुजु राणा देउवाले नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम राखेको छ। महावाणिज्य दुतावासले सेप्टेम्बर २२ मा हुने उक्त कार्यक्रममा सहभागी हुन सबै नेपाली समुदायलाई आग्रह गरेको छ। कार्यक्रम साँझ ५ः३० मा हुँदैछ।
हार्भार्ड विश्वविद्यालयले पनि कार्यक्रमको सूचीमा ओलीले सम्बोधन गर्ने कुनै कार्यक्रम राखेको छैन।
ओलीले सेप्टेम्बर २६ मा संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्नेछन्। महासभाको यस वर्षको बहसको विषय ‘लिभिङ नो वान बिहाइन्डः एक्टिङ टुगेदर फर द एड्भान्समेन्ट अफ पिस, सन्टेनेबल डेभलपमेन्ट एण्ड ह्युमन डिग्निटी फ प्रिजेन्ट एण्ड फ्युचर जेनेरन्स’ रहेको छ । प्रधानमन्त्री ओली सेप्टेम्बर २४ मा महासभाको साधारण बहसको उद्घाटनसत्र र सेप्टेम्बर २५ मा अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ ।

न्युयोर्कमा रहँदा नेपालका प्रधानमन्त्री ओलीले अति कम विकसित राष्ट्रको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । साथै उनले बढ्दै गएको समुन्द्रीबाट उत्पन्न अस्तित्व खतरा विषयात्मक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयात्मक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने छन् ।
नेपाली प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा सेप्टेम्बर २३ मा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम छ। तर, हाभार्ड विश्व विद्यालयमा ओलीले सम्बोधन गर्ने भनिएको कार्यक्रम हालसम्म तय भएको छैन। हार्भार्ड विश्वविद्यालयले पनि कार्यक्रमको सूचीमा ओलीले सम्बोधन गर्ने कुनै कार्यक्रम राखेको छैन। उनले सेप्टेम्बर २७ मा हार्भार्डको जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ शीर्षकमा बोल्ने कार्यक्रम रहेको विभिन्न सञ्चार माध्यहरुले जनाएका थिए।
महासभा चहिरहँदा नेपालका प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच साइडलाइन भेटवार्ताको प्रयास जारी रहेको नेपालका परराष्ट्र मन्त्रालयका पदाधिकारीले जानकारी दिएका छन् । भारतका प्रधानमन्त्री मोदी दुई दिन मात्र न्यू योर्क रहने र उनको तालिका ब्यस्त भएपनि साइडलाईन भेटवार्ताको संभावना अझ बाँकी रहेको ती पदाधिकारीहरुको दाबी छ। न्यू योर्कस्थित कुटनीतिक स्रोतले पनि भेटवार्ताको लागि समय तालिका मिलाउने प्रयास भइरहेको र भेटवार्ताको संभावना अझ बाँकी रहेको एनवाइसिनेपालन्युजलाई जनाएको छ।
उता भारतीय सञ्चार माध्यमहरुले भने नेपालका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएर पहिलो विदेश भ्रमण भारतबाट गर्ने परम्परा तोडेको जनाएका छन्। नेपाली प्रधानमन्त्री ओली सेप्टेम्बर ३० मा नेपाल फर्किने छन् । यसअघि पहिलो पटक प्रधानमन्त्री बन्दा पुष्पकमल दाहाल (प्रचण्ड) पनि भारत भ्रमण अघि ब्यापारिक सम्मेलनमा भाग लिन चीन गएका थिए। त्यसपछि तय भइसकेको उनको भारत भ्रमण रद्ध भएको थियो।







प्रतिक्रिया