०९ भदौ २०८३, मङ्गलबार
Tue, Aug 25, 2026
SUBSCRIPTION

ग्रेटर जर्सि नेपाली समाजको अध्यक्षमा मल्ल चयन

ग्रेटर जर्सि नेपाली समाजको अध्यक्षमा मल्ल चयन

न्यू जर्सी । ग्रेटर जर्सि नेपाली समाजको अध्यक्षमा महेश मल्ल चयन भएका छन् । ग्रेटर जर्सि नेपाली समाजको अगष्ट २२ मा भएको पहिलो अधिवेशनले मल्ललाई अध्यक्ष पदमा चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा गोकुल श्रेष्ठ, महासचिवमा हरी गौतम चयन भएका छन् । उपाध्यक्षमा शान्ता घिमिरे र राम हरी गैरे, कोषाध्यक्षमा कृष्ण पुलामी चुनिएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा शीर गुरुङ, चिनु घले, शशी घिमिरे र मोतिलाल तामाङ चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष मल्ल नेपाली जनसम्पर्क समिति न्यू योर्क च्याप्टरका पूर्व महासचिव हुन् ।समाजले बार्षिक रुपमा न्यू जर्सी आसपासमा बसोबास गर्ने नेपालीहरुलाई एकिकृत गर्ने उद्देश्यले बार्षिक समर पिकनिक र नेपालीहरुको चाड दशै तिहार मनाउँदै आएको छ । समाजले अगष्ट २२ मा नेपालीहरुबीचको एकता र भाइचारालाई अझ बलियो बनाउने र सामाजिक सम्बन्ध सुदृढ बनाउनको लागि बार्षिक समर पिकनिक पनि आयोजना गरेको छ । पिकनिकमा न्यू जर्सी आसपासका नेपाली समुदायका सदस्यहरु सहभागी थिए । समाजले नेपाली चलचित्र शो मार्फत नयाँ पिंढी, बालबालिकाहरुलाई नेपाली भाषा, संस्कृतिको बारेमा जानकारी दिनेतथा सिकाउने गर्दै आएको छ । नेपाली संस्कतिलाई श्रब्य दृश्य मार्फत बुझाउन सजिलो हुने भएकोले चलचित्र शो गर्दै आएको समाजले जनाएको छ । नेपाली भाषा, कला र संस्कृति सिकाउन नेपाली सामुदायिक हलको टुङो लगाउने प्रयास भइरहेको नवनिर्वाचित अध्यक्ष मल्ल्ले जानकारी दिए ।

 

 

प्रतिक्रिया