२२ जेठ २०८३, शुक्रबार
Fri, Jun 5, 2026
SUBSCRIPTION

बेलायतका पूर्व राजकुमार एन्ड्र्यु ‘मिसकन्डक्ट इन पब्लिक अफिस’ आरोपमा पक्राउ

बेलायतका पूर्व राजकुमार एन्ड्र्यु ‘मिसकन्डक्ट इन पब्लिक अफिस’ आरोपमा पक्राउ

लन्डन। बेलायतका राजा चार्ल्स तृतीयका भाइ तथा पूर्व राजकुमार एन्ड्र्यु विण्डसरलाई बेलायती प्रहरीले बिहीबार “मिस्कण्डक्ट इन पब्लिक अफिस” (सार्वजनिक पदमा दुरुपयोग/अनुचित आचरण) को आशंकामा पक्राउ गरेको छ। पक्राउ नर्फोकस्थित स्यान्ड्रिङघम एस्टेट क्षेत्रबाट गरिएको बताइएको छ। 

समाचार संस्था एपी र सीबीएसका अनुसार, अनुसन्धानको केन्द्रमा एन्ड्र्युले सन् २०१० तिर बेलायतका व्यापार दूतको भूमिकामा रहँदा जेफ्री एपस्टिन (पछि यौन अपराधमा दोषी ठहर भइसकेका अमेरिकी वित्तीय व्यक्ति) लाई संवेदनशील सरकारी/आधिकारिक जानकारी वा व्यापारसम्बन्धी रिपोर्टहरू उपलब्ध गराएको आरोप छ। 

सम्बन्धित प्रहरीले (टेम्ज भ्याली पुलिस) एपस्टिनसँग जोडिएका कागजात/रिपोर्टहरूबारे आएका उजुरी मूल्यांकन/छानबिन प्रक्रिया अघि बढाउने क्रममा एन्ड्र्यु पक्राउ भएको जनाइएको छ।  प्रहरिले नर्फोक र बर्कशायर लगायतका स्थानहरूमा छापा हानिरहेको पनि संचारमाध्यमहरूले उल्लेख गरेका छन। प्रहरिले आरोप प्रमाणित भइनसकेको र अनुसन्धान जारी रहेको जनाइएको छ। 

एन्ड्र्युको छवि सन् २०१९ पछि एपस्टिनसँगको सम्बन्धका कारण झनै विवादित बनेको थियो। उनले गत वर्ष आफ्नो शाही उपाधि गुमाएको र अहिले  एन्ड्र्यु माउंटबेटन-विण्डसर नाम प्रयोग गरिरहेको उल्लेख छ। 

प्रतिक्रिया