०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

नर्स आन्दोलन: माउन्ट साइनाइ र मोन्टेफिओरेमा टुङ्गियो, प्रेस्बिटेरियनमा टुङ्गिएन

नर्स आन्दोलन: माउन्ट साइनाइ र मोन्टेफिओरेमा टुङ्गियो, प्रेस्बिटेरियनमा टुङ्गिएन

न्यु योर्क।न्युयोर्क सिटीका नर्सहरूको महिना दिन लामो आन्दोलन माउन्ट साइनाइ र मोन्टेफिओरेमा सम्झौतामा पुगेको छ। तर न्यूयोर्क-प्रेस्बिटेरियनका नर्सहरूले मध्यस्तकर्ताले गरेको प्रस्ताव अस्वीकार गर्दै आन्दोलन जारी राखेका छन्।

माउन्ट साइनाइ र मोन्टेफिओरे का नर्सहरूले तीन वर्षे नयाँ सम्झौता अनुमोदन गरेका हुन्। आन्दोलन जनवरी १२ बाट सुरु भएको हो। करिब १५ हजार नर्स तीन ठूला अस्पताल प्रणालीबाट बाहिरिएका थिए। रिपोर्टअनुसार यो न्युयोर्क सिटीको इतिहासकै सबैभन्दा ठूलो र लामो नर्स आन्दोलनमध्ये एक हो। 

न्यूयोर्क स्टेट नर्सेस एसोसिएसन (एनवाइएसएनए) का अनुसार माउन्ट साइनाइ समूह र मोन्टेफिओरेका नर्सहरूले सम्झौता अनुमोदन गरेका छन्। मतदानमा आधारित नतिजाअनुसार माउन्ट साइनाइ ८७%, माउन्ट साइनाइ मोर्निङसाइड एन्ड वेस्ट ९६%, र मोन्टेफिओरे ८६% नर्सले समर्थन गरेका छन्। 

सम्झौतामा १२% भन्दा बढी तलब वृद्धि, हेल्थ बेनिफिटमा “आउट-अफ-पकेट” लागत नबढ्ने, र स्टाफिङ तथा वर्कप्लेस भायोलेन्स सम्बन्धी प्रावधान समेटिएको बताइएको छ। साथै अस्पतालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगबारे पनि नयाँ मापदण्ड राखिएको रिपोर्ट छ। 

तर न्यूयोर्क-प्रेस्बिटेरियन मा भने ४ हजार २ सयभन्दा बढी नर्स आन्दोलनमा छन्। एनवाइएसएनएले त्यहाँका नर्सहरूले सम्झौता र मध्यस्थकर्ताको प्रस्ताव अस्वीकार गरेको जनाएको छ। रिपोर्टहरूका अनुसार मुख्य असन्तुष्टि सेफ स्टाफिङ र सुरक्षा सम्बन्धी माग पूरा नभएकोमा केन्द्रित छ। 

गभर्नर क्याथी होकुलले आन्दोलनका कारण देखिएको स्टाफिङ संकटलाई मध्यनजर गर्दै डिजास्टर इमर्जेन्सीघोषणा गरेकी थिइन त्यसको अवधि मङ्गलबार (फेब्रुअरी १०) सकिएको छ।

प्रतिक्रिया