०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

१२ वर्षपछि योगेश्वर फर्किए

१२ वर्षपछि योगेश्वर फर्किए

काठमाडौँगायक योगेश्वर अमात्य नयाँ गीतको भिडियोकुनै दिनमार्फत् १२ वर्षपछि सांगीतिक क्षेत्रमा फर्किएका छन् अमात्यले आफ्नै युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन्।

सरोज बाँस्तोलाको शब्द रहेको उक्त गीतलाई २०५१ सालमा यसका संगीतकार ओमविक्रम विष्टले आफ्नै गायनमा रेकर्ड गराएका थिए तर, सार्वजनिक हुन नपाएको उक्त गीतलाई रिएरेन्ज गरी योगेश्वरले आफ्नै गायनमा रेकर्ड गराई ल्याएका हुन्

भिडियोलाई सुव्रत आचार्यले निर्देशन गरेका हुन् भने प्रवीण खतिवडा, करुणा श्रेष्ठ विकास लामिछानेले अभिनय गरेका छन् अमात्यकाजब सन्ध्या हुन्छ,’ ‘लैजा चरी,’ ‘सिन्धुली गढी,’ ‘ मरे पनि मेरो देश,’ ‘मलाई प्यारो लाग्छजस्ता गीतहरू लोकप्रिय छन्

स्रोतः https://ekantipur.com/entertainment/2024/09/09/yogeshwar-returned-after-12-years-29-15.html

प्रतिक्रिया