०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

लोकप्रिय गायक/अभिनेता प्रसान्त तामाङको निधन

भारतीय सिंगिङ रियालिटी सो इन्डियन आइडल सिजन ३ को विजेता बनेर चर्चामा आएका प्रसान्तले त्यसयता सयौं कर्णप्रिय नेपाली तथा हिन्दी गीतमा सुमधुर स्वर दिएका थिए । उनको प्रतिभा गायनमा मात्र सिमित रहेन । गोर्खा पल्टन जस्ता चर्चित नेपाली फिल्मबाट शुरु भएको उनको अभिनय यात्रा कयौं चिलचित्रका साथै टेलिरियलहरुमा समेत सफलतापूर्वक अघि बढेको थियो ।
लोकप्रिय गायक/अभिनेता प्रसान्त तामाङको निधन


काठमाडौ । संसारभरका नेपाली भाषीहरुको प्रिय गायक तथा अभिनेता प्रसान्त तामाङको ४२ वर्षको उमेरमा असमायिक निधन भएको छ । भारतको अरुणान्चल प्रदेशमा एक साँगितिक कार्यक्रम सकेर दिल्ली फर्किदै गर्दा उनलाई हृदयघात भएको र दिल्लीमा उपचारका क्रममा आज मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। उनी ४२ वर्षका थिए । 
भारतीय सिंगिङ रियालिटी सो इन्डियन आइडल सिजन ३ को विजेता बनेर चर्चामा आएका प्रसान्तले त्यसयता सयौं कर्णप्रिय नेपाली तथा हिन्दी गीतमा सुमधुर स्वर दिएका थिए । उनको प्रतिभा गायनमा मात्र सिमित रहेन । गोर्खा पल्टन जस्ता चर्चित नेपाली फिल्मबाट शुरु भएको उनको अभिनय यात्रा कयौं चिलचित्रका साथै टेलिरियलहरुमा समेत सफलतापूर्वक अघि बढेको थियो । प्रसान्त तामाङको अल्पायुमै भएको निधनले संसारभरका नेपाली भाषी फ्यानकासाथै भारतीय संगीतप्रेमीहरुलाई स्तब्ध बनाएको छ ।  उनको निधनले दार्जिलिङलाई शोकमा डुबाएको स्थानीयहरुले बताएका छन् ।
अरुणाचल प्रदेशमा कार्यक्रम सकेर राजधानी फर्किएलगत्तै उनलाई हृदयघात भयो। दिल्लीको द्वारकास्थित अस्पतालमा पु¥याइएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । 

प्रशान्त ४ जनवरी १९८३ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका थिए। सामान्य परिवारका उनी सानै उमेरमा बुबा बितेपछि परिवारको जिम्मेवारी उनको कलिलो काँधमा आइलाग्यो। उनी घरको जेठो छोरा थिए र परिवारको आर्थिक तथा भावनात्मक समर्थन उनीमाथि थियो । कोलकाता प्रहरीमा कन्स्टेबलको रूपमा भर्ती भएर प्रहरी ब्याण्डमा गीत गाउँदा गाउँदै उनी सन् २००७ मा इन्डियन आइडल सिजन–३ मा अडिसन दिएर सिजनको ताज पहिरिन सफल भएका थिए । 
प्रतियोगितामा करोडौं दर्शकको माया र निर्णायकको प्रशंसा पाएपछि नेपालीभाषीहरुले नेपाल र अन्यदेशबाट समेत सहयोगको अभियान नै चलाएका थिए । इन्डियन आइडलपछि प्रशान्त अत्यन्तै व्यस्त सेलिव्रिटी बने । सयौं स्टेज कार्यक्रमहरुमा उनी गाउँदै हिँड्न थाले। 

आइडलले दिएको प्रतिष्ठा पछि प्रशान्तले थुप्रै गीती एल्बम निकाल, नेपाली फिल्म ‘गोर्खा पल्टन’ बाट अभिनयमा पनि दर्शकको ध्यान आकर्षित गरे । त्यसपछि भारतीय वेब सिरिज पाताल लोक–२ र सलमान खान अभिनीत फिल्म ब्याटल अफ गलवानमा समेत उनले अभिनय गरेर अन्तर्राष्ट्रिय स्तरम थप चर्चा हासिल गरेका थिए । प्रशान्त पत्नी गीता थापा र छोरी आरियासँग बस्दै आएका थिए। 

प्रतिक्रिया