०५ वैशाख २०८३, शनिबार
Sat, Apr 18, 2026
SUBSCRIPTION

न्यूयोर्कमा स्वस्थानी महोत्सव २०२६ कलश यात्रा सहित शुभारम्भ

न्यूयोर्कमा स्वस्थानी महोत्सव २०२६ कलश यात्रा सहित शुभारम्भ

न्यू योर्क। रिजउड नेपाली समाज (आरएनएस) कोे आयोजनामा नेपाली मन्दिर (दुर्गा मन्दिर) तथा सामुदायिक एवं सांस्कृतिक केन्द्रमा श्री स्वस्थानी व्रतकथा तथा न्यूयोर्क स्वस्थानी महोत्सव २०२६ शुरु भएको छ। जनवरी ३, मा शुरु भएको स्वस्थानी महोत्सवको प्रमुख अतिथि नेपाली महावाणिज्यदूत दधिराम भण्डारी र न्यूयोर्क राज्यका कम्पट्रोलर थोमस पी. डिनापोलीले संयुक्त रूपमा उद्घाटन गरेका थिए । नेपाली–अमेरिकन विभिन्न संघ–संस्था तथा मिडिया पार्टनरहरूको संयुक्त सहकार्यमा रिजउड नेपाली समाजकोे आयोजनामा स्वस्थानी महोत्सव शुरु भएको हो । दुर्गा मन्दिर न्यूयोर्कमा अवस्थित एक मात्र नेपाली मन्दिर हो ।कार्यक्रममा न्यूयोर्क राज्यकी एसेम्बली मेम्बर जेनिफर राजकुमार, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा नेपाली समुदायको सदस्यहरुको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रम संयोजक अमित प्रताप शाहले सञ्चालन गरेको उद्घाटन समारोहको सभापतित्व रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्टले गरेका थिए ।स्वस्थानी व्रतकथाको पहिलो दिनको कार्यक्रम भव्य, शान्तिपूर्ण र सफलतापूर्वक संयोजक अमित शाहले जानकारी दिए । सामुदायिक एकता तथा साँस्कृतिक उत्सवको रुपमा १०८ कलश यात्रा र नेपाली मौलिक बाजागाजासहित स्वस्थानी मातालाई मन्दिर प्रवेश गराउँदा बालबालिकादेखि वृद्धवृद्धा भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको थियो। महोत्सवमा कर्ता साथै श्रद्धालु भक्तजनहरूले प्रदान गरेको दान, भेटी तथा सहयोगबाट पहिलो दिनमैं ३६ हजार ३ सय ३ डलर रकम संकलन भएको आयोजक समितिले जानकारी दिएको छ ।  पहिलो दिनमा नै कर्ता बस्नु भएका र अन्य भक्तजनहरूप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ । आयोजकका अनुसार मन्दिरमा पुजारीहरूले उपस्थित सम्पूर्ण भक्तजनहरूलाई प्रसाद ग्रहण गराउनुका साथै दुर्गा मन्दिर तथा नेपाली सामुदायिक एवं सांस्कृतिक भवनको पुनर्निर्माण (म्त्ल्ऋऋ) तथा दीगो सञ्चालन अभियानका लागि पवित्र अनुष्ठानमार्फत अमूल्य योगदान गरेको छ ।नेपाली मौलिक धार्मिक परम्पराको संरक्षण, सामुदायिक एकताको सुदृढीकरण एवं हाम्रो मौलिक सस्कृतिलाई पुस्तान्तरण गर्नुका लागि यो महोत्सव तथा स्वस्थानी कथावाचन गरेको आयोजकले जनाएको छ ।संयोजक शाहका अनुसार न्यूयोर्कमा स्थायी नेपाली मन्दिर, सामुदायिक र सांस्कृतिक केन्द्रको पुनर्निर्माण एवं दीगो सञ्चालन सुनिश्चित गर्नका लागि आयोजना गरिएको हो। कार्यक्रमलाई सफल बनाउन सहभागी हुने भक्तजनहरू, सम्पूर्ण दाताहरू, अतिथि, विभिन्न संघ–संस्था प्रतिनिधि, मिडिया पार्टनरहरू तथा स्वयंसेवकहरूलाई आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ । निरन्तर समर्पण, मेहनत र सेवाभावका साथ कार्यक्रम व्यवस्थापनमा जुट्नु हुने आयोजक समिति, उप–समिति, मन्दिर व्यवस्थापन तथा सञ्चालन समिति, समन्वयकर्ता, स्वयंसेवकहरू तथा गुरुजनहरू प्रति विशेष आभार व्यक्त गरेको छ । ५ सय डलर भन्दा बढी दान गर्नु हुने दाताहरूलाई प्रमाणपत्र सहित सम्मान गरिने भएको साथै सबै दाताहरूको नाम दुर्गा मन्दिर एवं नेपाली सामुदायिक तथा सांस्कृतिक केन्द्रको स्थायी दातृ सूचीमा समावेश गरिने भएको छ।

कर्ता बस्न समय नमिल्ने भक्तजनहरूले पनि यस पवित्र अभियानमा दान गर्न सक्नु हुने व्यवस्था गरेको छ। एकै दिन धेरै जना कर्ता बस्न सकिने भएकाले इच्छुक भक्तजन तथा सहयोग गर्न चाहनु हुने दाताहरूले कार्यसमिति सदस्यहरू, महोत्सव आयोजक समितिका सदस्यहरू वा गुरुहरूसँग सम्पर्क गर्नुहुन अनुरोध गरेको छ । हाम्रो धर्म, संस्कृति र पहिचान जोगाउन सबैले साझा भूमिका निर्वाह गरिदिनु आयोजकले आव्हान गरेको छ ।

प्रतिक्रिया