०५ वैशाख २०८३, शनिबार
Sat, Apr 18, 2026
SUBSCRIPTION

जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरद्धारा रक्तदान कार्यक्रम सम्पन्न : ६१ पिन्ट रगत संकलन

जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरद्धारा रक्तदान कार्यक्रम सम्पन्न : ६१ पिन्ट रगत संकलन

 

न्यू योर्क। जिपी कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको आयोजनामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। फाउन्डेसनको न्यू योर्कको क्विन्स उडसाईडमा रहेको कार्यालय न्यू योर्क ब्लड सेन्टरसँगको सहकार्यमा रक्तदान सम्पन्न गरेको हो   रक्तदानमा ६१ जना सहभागीहरुले रक्तदान गरेका थिए। एक जनाले दान गरेको एक पीन्ट रगतले जनाको रगत ज्यान जोगाउन सकिन्छ। फाउन्डेशनका कार्यसमिति सदस्य धु्रव कुँवर क्षेत्री रक्तदान कार्यक्रम संयोजन गरेका थिए  

कार्यक्रममा एनआरएनए अमेरिकाकी सचिव लक्ष्मी थापा, कम्युनिटी नेता एंव छाँया सीडीसीका कम्युनिटी डाईरेक्टर उर्गेन शेर्पा, क्विन्स रोटरी क्लबका अध्यक्ष कर्मा लामा, सुदुर पश्चिम समाज अमेरिकाका पुर्व अध्यक्ष एंव सल्लाहकार राम बहादुर देउवा लगायतले रक्तदान गरी पुन्य कार्यमा सहभागी भएका थिए  

एनआरएनए न्यू योर्क च्याप्टरका अध्यक्ष्य वासु लामिछानेले रक्तदाताहरुलाई हौसला प्रदान गर्दै प्रमाणपत्र वितरण गरेका थिए  फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले आफुहरुले कोरोना कहरदेखी हालसम्म विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिंदै रक्तदान कार्यक्रम प्रथम पटक गरेको हुँदा चिन्ता लागे पनि सहभागीहरुको उत्साह सहयोगले सफलतापूर्वक सम्पन्न गर्दा खुशी लागेको बताए  अध्यक्ष घिमिरेले सहभागी रक्तदाता तथा स्वयंसेवीहरुलाई धन्यवाद व्यक्त गरे  

उपाध्यक्ष शुवर्ण लामाले गिरीजा वावुको भनाई लाई स्मरण गर्दै, सहमती, सहकार्य एकता आजको आवश्यकता भएको हामी प्रवासमा बसेर यहाँका मानिसहरुलाई के कसरी सहयोग गर्न सकिन्छ सेवा गर्न सकिन्छ भनेर बिभिन्न कार्यक्रम गर्दै आएको बताए   रक्तदान कार्यक्रम एक उदाहरणीय कार्यक्रम भएको उपाध्यक्ष लामाको भनाई  

फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले फाउन्डेशनले आगामी दिनहरुमा पनि फाउन्डेशनले समाजका लागि मानवीय कार्यमा अझ सकृय भुमीका खेल्ने बताए फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमीरे कार्यसमितिका पदाधिकारीहरु राजेश आचार्य, प्रेम अधिकारी क्षेत्री, सुर्य सिंमखडा, फुदोमा शेर्पा, हिरा तामाड रक्तखान कार्यक्रममा खटेका थिए  त्यस्तै स्वयंसेवकहरु शेखर कार्की, टेक कार्की, लाक्पा जी शेर्पा, आङ तुला शेर्पा गुरुङ, डा. रमेश चित्रकार लगायत सक्रिय रुपमा खटेका थिए  

रक्तदाताहरुलाई खाजा नास्ता, फलफुल एवं चिया प्रदान गरिएको थियो न्यू योर्क ब्रोंक्स निवासी समाजसेवी रविन बज्राचार्य तथा प्रोफेसर शर्मिला शाक्यले रक्तदातालाई फलफुल अण्डाको प्रायोजन गरेका थिए  त्यस्तै टेस्ट अफ नेपाल, न्यु नेपाली मम क्याफे लगायत नेपाली रेष्टुरेन्टका संचालक रेखा श्रेष्ठ हरी पुनले खाना प्रायोजन गरी सहयोग गरेका थिए  नेपाल आमा सोसाईटी अफ हेल्पिङ ह्याण्ड्सका अध्यक्ष शर्मीला सेरचनले सय ५० वटा जुस प्रायोजन गरेका थिए  

कार्यक्रमका संयोजक धु्रव कुँवर क्षेत्रीले फाउण्डेशनले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रम भव्य सभ्य रुपले सफलता पुर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सबै रक्तदाताहरु, स्वयंसेवकहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, प्रायोजकहरू, पत्रकारहरु फाउण्डेशनका साथीहरुलाई धन्यवाद व्यक्त गरे कार्यक्रममा विभिन्न साउथ एशिएन कम्युनिटी संस्थाका प्रतिनिधीहरु समेत सहभागी थिए  

प्रतिक्रिया