०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

स्वयंसेवकहरुको योगदानको कदर गर्दै फिप्ना भोलेन्टियर अप्रिशिएसन २०२५ सम्पन्न

स्वयंसेवकहरुको योगदानको कदर गर्दै फिप्ना भोलेन्टियर  अप्रिशिएसन  २०२५ सम्पन्न

 

न्यू योर्क। नेपाल आदिवासी जनजाति महांसघ अमेरिका (फिप्ना) ले स्वयंसेवकहरुलाई प्रशंसा पत्रले सम्मान गरेको फिप्नाले एल्महस्र्ट अस्पतालको अडिटोरियममा हलमा हिजो फिप्ना भोलेन्टियर  अप्रिशिएसन २०२५ कार्यक्रम गरी भोलेन्टियरहरुको सहयोग योगदानको कदर स्वरुप सम्मान गरेको हो  कार्यक्रममा फिप्नाले वर्षभरि आयोजना गरेको विभिन्न कार्यक्रमहरूमा योगदान पुुर्याउने स्वयंसेवक, सदस्य संस्थाका प्रतिनिधि तथा कलाकारहरूलाई सम्मान गरेको हो  

कार्यक्रममा फिप्नाकी सभामुख भारती राई, तथा संघीय परिषदका सदस्य संस्थाका अध्यक्षहरू तथा समुदायका विशिष्ट व्यक्तित्वहरु सहभागी थिए।कार्यक्रमको औपचारिक रूपमा नेपाली आदिवासीको पैहिचानका लागि आफ्नो ज्यान गुमाउनु भएका ज्ञात अज्ञात सहिद प्रति मिनेट मौन धारण गरेर सुरू गरिएको थियो।

फिप्नाका अध्यक्ष तोरण गुरुङले अध्यक्षता गरेको कार्यक्रम फिप्नाका महासचिव दीपक चौधरीले सञ्चालन गरेका थिए।फिप्नाका वरिष्ठ उपाध्यक्ष पेमा लामाले उपस्थित सम्पूर्ण सहभागीहरूलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए  वरिष्ठ उपाध्यक्ष लामाले स्वयंसेवकहरूको निःस्वार्थ योगदान बिना फिप्नाको कुनै पनि कार्यक्रम सफल हुन नसक्ने बताउँदै सबै स्वयंसेवकहरुप्रति धन्यवाद व्यक्त गरे। 

फिप्नाका सचिव दाजिमा शेर्पा कोषाध्यक्ष कृष्णमाया महर्जनल फिप्ना साँस्कृतिक साँंझको संयोजकको रूपमा आफ्नो अनुभव बाँड्दै स्वयम्सेवक तथा कलाकारहरूकै कारण कार्यक्रमहरू समुदायमैत्री प्रभावकारी बन्न सफल भएको बताए। फिप्नाका सचिव शान्ति गुरुङले फिप्नालाई अझ शशक्त बनाउनको लागि सबैले हातमोलो गर्नु पर्ने बताए।

त्यसैगरी, ३१ औं विश्व आदिवासी दिवस २०२५ का संयोजक तथा फिप्नाका क्षेत्रीय उपाध्यक्ष पूर्ण पैजा मगरले आफ्नो अनुभव सुनाउँर्दैै सामुदायिक कार्यक्रममार्फत युवा सहभागिता अझै बढाउनुपर्नेमा जोड दिए। फिप्नाकी सहकोषाध्यक्ष तथा स्वयंसेवक संयोजक दावा ल्हमो शेर्पाले स्वयंसेवक तथा युवा कलाकारहरूको उत्साह, प्रतिबद्धता निरन्तर सहयोगले फिप्नाको गतिविधि अघि बढिरहेको बताउँदै आगामी दिनमा पनि निरन्तर साथ योगदान जारी राख्न सबैलाई आग्रह गरिन्।सदस्य संस्थाहरूको तर्फबाट किरात याक्थुङ चुम्लुङका पुरण लिम्बु, मगर एशोसिएसनका दिपसागर बुद्धा मगर, तामाङ सोसाइटी अफ अमेरिकाकी उमा तामाङ, तथा नेपाली अमेरिकन आर्टिस्ट एसोसिएसनकी बसन्ती राईले आफ्नो अनुभव संस्थाको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे। कलाकारको तर्फबाट लाल तामाङले फिप्नाका कार्यक्रमहरूमा कलाकारहरूको भूमिकाबारे बोले भने युवा स्वयंसेवक निमा शाङ्पो शेर्पाले आफ्नो स्वयंसेवक यात्राको प्रेरणादायी अनुभव सुनाइन्। युनाइटेड किरात राई संगठन अमेरिकाका उपाध्यक्ष केशवराम राईले कार्यक्रमको महत्व युवाको सक्रियता बढाउनुपर्ने बताए  कार्यक्रममा उपस्थित स्वयंसेवक, कलाकार, सदस्य संस्थाका प्रतिनिधि तथा सामुदायिक नेताहरूले संस्थाको गतिविधिले अमेरिकी भूमीमा पनि नेपाली आदिवासी समुदायको पहिचान, संस्कृति संरक्षण समुदाय निर्माणमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताएका थिए।अध्यक्ष तोरण गुरुङले सबै सहयोगीहरु प्रति  धन्यवाद ज्ञापन गर्दै आगामी कार्यक्रमहरूमा अझ सबल रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए  

प्रतिक्रिया