०५ वैशाख २०८३, शनिबार
Sat, Apr 18, 2026
SUBSCRIPTION

द गुरुङ (तमु ) सोसाइटी इंक युएसएले अक्टोबर १८ मा देउसी भैलो कार्यक्रम गर्दै

द गुरुङ (तमु ) सोसाइटी इंक युएसएले अक्टोबर १८ मा देउसी भैलो कार्यक्रम गर्दै

 

न्यू योर्क। द गुरुङ (तमु ) सोसाइटी इंक युएसएले नेपालीहरुको दोश्रो महान पर्व तिहार २०२५ को अवसरमा देउसी भैलो कार्यक्रम गर्दैछ। सोसाइटीले यही अक्टोबर १८ मा न्यू लाइफ सिनियर केयर सेन्टर, ज्याक्सनहाइट न्यू योर्कमा देउसी भैलो कार्यक्रम गर्न लागेको हो ।

नेपालीको संस्कार र संस्कृतिको संरक्षण र संवद्र्धन गर्न तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्नको लागि सोसाइटीले हरेक बर्ष तिहारको अवसरमा देउसी भैलो कार्यक्रम गर्दै आएको छ ।

सोसाइटीले तिहार कार्यक्रममा  सहभागी भई कार्यक्रम सफल बनाउन सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरु तथा सोसाइटीको सम्पूर्ण सदस्यहरुलाई अनुरोध गरेको छ । कार्यक्रममा मौलिक संस्कृति झल्कने मादल, बाँसुरी बजाएर भट्याएर देउसी भैली खेल्ने कार्यक्रम छ । कार्यक्रम अक्टोबर १८ शनिबार साँझ ७ बजेदेखि रातीको १ बजेसम्म हुने छ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू