०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

'मेक द बिलेनियर्स पे' र्‍यालीमा दसौं हजार सहभागी हुने अपेक्षा

'मेक द बिलेनियर्स पे' र्‍यालीमा दसौं हजार सहभागी हुने अपेक्षा

न्यू योर्क। संयुक्त राष्ट्र महासभा र न्यूयोर्क क्लाइमेट विकका बेला विभिन्न सङ्घसंस्थाले 'मेकबिलेनियर्स पे' र्‍याली आयोजना गर्ने भएका छन्। विश्व नेताहरू राष्ट्रसङ्घ मुख्यालयमा जमघट भइरहेका बेला हुने उक्त र्‍यालीमा दशौं हजार मानिस सहभागी हुने आयोजकहरूको अपेक्षा छ।

'मेकबिलेनियर्स पे' र्‍याली शनिबार (सेप्टेम्बर २०) आयोजना हुँदैछ। र्‍याली न्यू योर्क सिटीसहित अमेरिकाभर  एक सय ६० भन्दा बढी स्थानमा हुनेछन्। आयोजकहरूले यी प्रदर्शनहरू धनीका लागि कर कटौती, खनिज इन्धन उद्योगलाई दिइने अनुदान र बढ्दो असमानताको विरोधमा हुने बताएका छन्। यसले जलवायु न्याय, आप्रवासी अधिकार, तथा लैङ्गिक र आर्थिक समानताका आन्दोलनलाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्य राखेको छ।

न्यू योर्क सिटीमा मुख्य र्‍यालीमा बिहान ११ः३० बजे पत्रकार सम्मेलन गरिने छ भने दिउँसो १२ः०० बजे र्‍याली सुरु हुनेछ। सहभागीहरू म्यानह्याटनको पार्क एभेन्यु, ४६औँ स्ट्रिट देखि ४९औँ स्ट्रिटसम्म पङ्क्तिबद्ध हुनेछन्। र्‍यालीले ब्ल्याकस्टोन, बिलियनियर्स रो र ट्रम्प होटेलजस्ता धनी वर्गसँग जोडिएका स्थानहरू छिचोल्ने छन्। 

पर्चा तथा पम्प्लेटमा चर्चित अरबपतिहरूका ठूला पपेट तथा रङ्गिचङ्गि ब्यानरहरू रहनेछन्। आयोजकहरूले र्‍यालीको प्रमुख उद्देश्य अत्यधिक सम्पत्तिमा कर लगाउन, खनिज इन्धन अनुदान अन्त्य गर्न र जलवायु क्षतिपूर्ति ठूला खनिज इन्धन कम्पनीहरूले तिराउन दवाव दिनु रहेको आयोजकहरूले बताएका छन्। 

साथै कब्जामा राखिएका आप्रवासीहरूलाई परिवारसँग पुनर्मिलन गराउने, आईससँगको सहकार्य अन्त्य गर्ने र नियन्त्रणविहीन निर्वासन रोक्ने माग पनि राखिएको छ। उनीहरूले समुदायमुखी लगानीद्वारा १००५ नवीकरणीय ऊर्जातर्फ न्यायपूर्ण सङ्क्रमण र अग्रपङ्क्तिमा परेका समुदायहरूको न्याय सुनिश्चित गर्न आग्रह गरेका छन्। 

र्‍याली न्यू योर्क बाहेक देशभर एक सय ६० भन्दा बढी स्थान हुने तय भएको छ। त्यसमध्ये टेक्सासको अमारिल्लोमा हुने प्रदर्शनलाई विशेष महत्व दिइएको छ। त्यहाँ प्रस्तावित एउटा डेटा सेन्टर सम्बन्धी योजनाले ऊर्जा मूल्य बढाउने, प्रदूषणमार्फत स्वास्थ्यमा जोखिम पुर्‍याउने र स्थानीय बासिन्दाको जीवनस्तरमा नकारात्मक असर पार्ने चेतावनी प्रदर्शनकारीहरूले दिएका छन्।
र्‍याली आयोजकमा देसिज राईजिङ अप एण्ड मुभिङ, वुमेन्स मार्च, क्लाइमेट डिफेन्डर्स, थ्रीफिप्टी डट ओरजी छन्। उनीहरुलाई दुई सयभन्दा बढी सङ्घसंस्थाको समर्थन रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया