०५ वैशाख २०८३, शनिबार
Sat, Apr 18, 2026
SUBSCRIPTION

जेन जी आन्दोलनमा मृतकको संख्या १९ पुग्यो, गृहमन्त्रीद्धारा राजीनामा

बालुवाटारमा नेपालीसमय अनुसार सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्।
जेन जी आन्दोलनमा मृतकको संख्या १९ पुग्यो, गृहमन्त्रीद्धारा राजीनामा


काठमाडौ । जेनजी आन्दोलनमा अकल्पनीय मानवीय क्षेति भएसंगै गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा पदबाट राजीनामा दिइका छन् । बालुवाटारमा नेपालीसमय अनुसार सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्।
‘मन्त्रिपरिषद बैठकका क्रममा गृहमन्त्रीजीले राजीनामा दिएको एक मन्त्रीले जानकारी दिए । 
जेनजीले काठमाडौं र देशका मुख्य सहरहरूमा सोमबार विहान गरेको आन्दोलन हिंसात्मक बन्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध शान्तिपूर्ण भनिएको प्रदर्शन एकाएक हिंसामा परिनत भएको थियो । 
गृहमन्त्री लेखकलाई पदबाट राजीनामा दिन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सोमबार साँझ बूढानीलकण्ठमा बसेको पार्टी बैठकमा आग्रह गरेका थिए।

 

प्रतिक्रिया