न्यूयोर्क । नेपाल आदिबासी जनजाति महासंघ (फिप्ना), अमेरिकाले ३१औँ विश्व आदिवासी दिवस भोली अगष्ट ९ मा विभिन्न कार्यक्रम गरी मनाउन्दै छ । फिप्नाको आदिवासी दिवस कार्यक्रमलाई विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निनर्देशक तथा कार्यकारी निर्देशक कुलमान घिसिङले सम्बोधन गर्ने भएको छ । उज्यालो नायकका घिसिङ उज्यालो अभियानका लागि विदेशमा रहेका नेपालीहरुसँग भेटघाटका क्रममा अमेरिकामा आइपुगेका छन् ।
फिप्नाले यो वर्ष “आदिवासी जनताको आत्मनिर्णयको अधिकार, खाद्य सुरक्षा र स्वाधीनता को बाटो” भन्ने मूल नारा सहित विश्व आदिवासी दिवस मनाउन लागेको हो । संयुक्त राष्ट्र संघको यो बर्षको नारा भने आदिवासी जनजाति र कृतिम बुद्धिमता ः अधिकारको रक्षा, भविष्यको निर्माण भन्ने रहेको छ ।
फिप्नाका अध्यक्ष तोरण गुरूङले न्यूयोर्कमा रहेका १८ वटा संस्थाका नेपाली आदिवासी जनजाति समुदायहरूले जनजातिहरूका मातृभाषा र लोक भाकामा बनेका गीत, सांस्कृतिक झाँकी र विभिन्न जातिय भेषभूषासहित उडसाईड एभन्युको ७२ स्ट्रिट देखि ७८ स्ट्रिटको मध्यभाग सम्म र्यााली गरेर मञ्चमा साँस्कृतिक कार्यक्रम गरी ३१ औं विश्व आदिवासी जनजाति दिवस मनाउन लागेको जानकारी दिए।
झाँकीसहितको र्याली बिहान १० बजे उडसाईड एभिन्युको ७२ स्ट्रिटमा जम्मा भएर ७८ स्ट्रिटको मध्यभागको मञ्चमा प्रवेश गरी मूल समारोहमा परिणत हुने कार्यक्रम संयाजक पुर्ण पाइजा मगरले जानकारी दिए । कार्यक्रममा स्थानिय निर्वाचित प्रतिनिधीहरु सहभागी रहने
छ भने ७ स्ट्रिटको सोही मञ्चमा कार्यक्रम सुरु हुने बताइएको छ ।
कार्यक्रममा गुरुङ, मगर, शेर्पा, लिम्बु, नेवार, राई जातिको साँस्कृतिक नृत्य प्रस्तुत गरिने भएको छ। साथै विदेशी आदिवासी जनजातिहरूको पनि उपस्थिति हुने र न्यूयोर्कमा रहेका विभिन्न सरकारी निकायका प्रमुख तथा राजनीतिज्ञहरू, नेपाल सरकार अन्तर्गतका प्रमुखहरू, आदिवासी जनजाति विशिष्ट व्यक्तित्वहरू, जातिय संस्था र सम्बन्धन सङ्गठनका अध्यक्ष लगायत विभिन्न क्षेत्रका आदिवासी जनजाति संघसंस्थाबाट हजारौँको उपस्थिति रहने जनाइएको छ ।





प्रतिक्रिया