न्यू योर्क। नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) र तामाङ सोसाटी अफ अमेरिका (टिएसए) ले विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङसँग मीट एण्ड ग्रीट कार्यक्रम आयोजना गर्दैछ। फिप्ना र (टिएसए) ले संयुक्त रुपमा यही अगष्ट ३ मा एल्म्हष्र्ट अस्पतालको अडिटरियम हलमा मीट एण्ड ग्रीट कार्यक्रम गर्न लागेको हो। कार्यक्रम साँझ साँढे ७ बजेबाट शुरु हुने छ।
१८ घण्टा लोडसेडिङ अन्त्य गरेर विद्युत सेवा पुर्याएर उज्यालोको हिरोको परिचय बनाएका पूर्वकार्यकारी निर्देशक तथा इन्जिनियर घिसिङ उज्यालो नेपालको अभियानमा लागेका छन् । निराशालाई आशामा बदल्ने र नेपाललाई सम्बृद्ध बनाउने उज्यालो नेपाल अभियान लिएर विश्वभरका नेपालीसँग प्रत्यक्ष भेटघाट गर्ने योजनामा छन् । पूर्वकार्यकारी निर्देशक घिसिङ हामी नेपाली ग्लोबलले प्रदान गरेको ग्लोबल हिरो अवार्ड सम्मान ग्रहणका लागि अमेरिका आईपुगेको हो। पूर्वकार्यकारी निर्देशक घिसिङले अमेरिकाका विभिन्न शहरमा रहेका नेपालीहरुसँग भेटघाट गर्ने कार्यक्रम छ।






प्रतिक्रिया