न्यूयोर्क । टेक्सासको केर काउन्टीमा आएको विनाशकारी बाढीमा परि मृत्यु हुनेको संख्या ५२ पुगेको छ । ग्वाडालुपे नदीको किनारमा रहेको क्याम्प मिस्टिक र घरहरु बाडीले बगाउँदा ठूलो मात्रमा जनधनको क्षति पुगेको हो । बाढीमा परि अझै दुई दर्जनबढी हराइरहेका छन् । उनीहरुको खोजी कार्य जारी राखेको छ । मौसमविद्हरूले आइतबार थप वर्षा र बाढीको चेतावनी दिएका छन्।
केर काउन्टीमा मात्र ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ। ट्राविस काउन्टीमा ४ जना, बर्नेट काउन्टीमा ३ जना, केन्डल र टम ग्रिन काउन्टीमा १–१ जनाको मृत्यु भएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । विनाशकारी बाढीमा परेर हराइरहेका व्यक्तिहरू मध्ये। नदी किनारको समर क्याम्पका दुई दर्जन बालिकाहरू पनि समावेश छन् । उनीहरुको खोजी आइतबार बिहान झनै निराशाजनक बन्दै गएको खाजकर्मीहरुले बताएका छन् । प्रभावित क्षेत्रहरूमा थप वर्षाको चेतावनी दिएकोले उद्धारमा कठीनाय उत्पन्न भएको हो ।
प्रहरी अधिकारीहरूले हराइरहेका व्यक्तिहरूको संख्या अझै अज्ञात रहेको बताए। उनीहरूले खोज कार्य जटील रहेपनि आशा भने नछाडेको बताए । आइतबार भारी वर्षा केही कम हुने अनुमान गरिएको छ। टेक्सासका गभर्नर ग्रेग एबट ले क्याम्प मिस्टिक केर काउन्टीमा रहेको बालिकाहरूको समर क्याम्प — ग्वाडालुपे नदीको बाढीबाट अत्यन्तै क्षतिग्रस्त भएको बताएका छन्। उनले भने, “हामी ती सबै बालिकाहरूलाई खोजेपछि मात्र रोकिनेछौं।“
मौसम पूर्वानुमान कार्यालयका अनुसार आइतबार र सोमबारसम्म अझै भारी वर्षाको सम्भावना रहेको छ। केही स्थानहरूमा १० इन्चभन्दा बढी वर्षा हुन सक्छ। ग्वाडालुपे नदीको सतह २९.४५ फिट पुगेको छ, जुन सन् १९८७ को बाढीपछि दोश्रो उच्च रेकर्ड हो।
पिडीतहरुले मौसम अनुमान विभागका अधिकारीहरुको आलोचना गरेका छन् । मौसम सेवा कार्यालयहरूमा जनशक्ति अभावका कारण स्थानीय आपतकालीन व्यवस्थापनसँग समन्वयमा ढिलाइ भएको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेको न्यूयोर्क टाइम्सले जनाएका छन्। बाढीबाट बढी प्रभावित क्षेत्रहरूमा केर काउन्टी, ट्राविस, टम ग्रिन, बर्नेट, केन्डल काउन्टी, इनग्राम र सान एन्जेलो रहेका छन् ।





प्रतिक्रिया