न्यू योर्क। न्यू योर्क सिटी मेयरको प्राथमिक निर्वाचनमा जोह्रान मम्डानीलाई जिताउन दक्षिण एशियाली, इन्डो-क्यारेबियन र मुस्लिम समुदायको मत निर्णायक भएको ड्रम बिट्सले जनाएको छ।

'न्यूयोर्कमा स्थापित राजनीतिक व्यवस्थाले लामो समयदेखि दक्षिण एसियाली, इन्डो-क्यारिबियन र मुस्लिम समुदायलाई महत्वहीन ठानेका थिए,' दक्षिण एशियाली तथा इन्डो-क्यारेबियन समुदायको अधिकारका लागि काम गर्दै आएको संस्था ड्रम बिट्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'तर यो चुनावले त्यसलाई गलत सावित गरिदियो। दक्षिण एसियाली तथा इन्डो-क्यारेबियन तथा मुस्लिम समुदायको भोट यो चुनावमा निर्णायक बन्यो। मङ्गलबार (जुन २४) न्यू योर्कवासीले इतिहास रचे।'
न्यूयोर्कमा स्थापित राजनीतिक व्यवस्थाले लामो समयदेखि दक्षिण एसियाली, इन्डो-क्यारिबियन र मुस्लिम समुदायलाई महत्वहीन ठानेका थिए। दक्षिण एसियाली तथा इन्डो-क्यारेबियन तथा मुस्लिम समुदायको भोट यो चुनावमा निर्णायक बन्यो। मङ्गलबार (जुन २४) न्यू योर्कवासीले इतिहास रचे।
जोह्रान मम्डानीले ड्रम बिट्सको आधार कार्यालयहरू रहेको क्षेत्रमा अत्याधिक मत पाएका छन्। ती क्षेत्रमा रिचमण्ड हिल, ओजोन पार्क, हिलसाइड, जमैका, ज्याक्सन हाइट्स, केन्सिङ्टन, मिडवुड, र पार्कचेस्टर पर्छन्। हामीले डेढ लाखभन्दा बढी दक्षिण एसियाली र इन्डो- क्यारेबियन मतदाताहरूसँग संवाद गर्यौँ, १० हजार ढोका ढक्ढक्यायौँ, २० हजारभन्दा बढी मतदातासँग टेलिफोन, म्यासेज र प्रत्यक्ष कुराकानी गर्यौं ड्रम बिट्सको विज्ञप्तिमा उल्लेख छ, हामी हाम्रा समुदाय भेट्न मस्जिददेखि मन्दिरसम्म, सडकदेखि घर र बेसमेन्ट अपार्टमेन्टसम्म र पार्कचेस्टर फेस्टिवलदेखि नेपाली समुदायले आयोजना गरेका सामुदायिक कार्यक्रममा समेत पुग्यौँ।
'नेपाली समुदायमा ड्रम बिट्सले ४० भन्दा बढी स्वयंसेवक परिचालन गर्यो, जसले ज्याक्सन हाइट्स, उडसाइड, सन्निसाइड, रिजवुड, एल्महर्स्ट र ईस्ट एल्महर्स्ट लगायतका ठाउँहरूमा घर-घर ढोका ढकढक्याएर र फोनमार्फत नेपालीहरूसँग सम्पर्क गरे। हामीले किरात राई सोसाइटी अफ अमेरिकाद्वारा आयोजना गरिएको कार्यक्रमदेखि रिजवुडको सत्य नारायण मन्दिरसम्म जोह्रान मम्डानीलाई पुर्यायौँ।'
ड्रम बिट्सले चुनावी अभियानमा नेपाली समुदायको ऐतिहासिक सहभागिता रहेको उल्लेख गरेको छ। 'यो अभियान नेपाली समुदायमा व्यापक बनाउन जुन किसिमले प्रत्यक्ष पहुँच र सम्पर्क स्थापित गरियो, त्यस्तो अमेरिका भित्र कहिल्यै गरिएको थिएन,' ड्रम बिट्सका नेपाली कम्युनिटी अर्गनाइजर आदित सिवाकोटी भन्छन्, 'नेपाली समुदायमा ड्रम बिट्सले ४० भन्दा बढी स्वयंसेवक परिचालन गर्यो, जसले ज्याक्सन हाइट्स, उडसाइड, सन्निसाइड, रिजवुड, एल्महर्स्ट र ईस्ट एल्महर्स्ट लगायतका ठाउँहरूमा घर-घर ढोका ढकढक्याएर र फोनमार्फत नेपालीहरूसँग सम्पर्क गरे। हामीले किरात राई सोसाइटी अफ अमेरिकाद्वारा आयोजना गरिएको कार्यक्रमदेखि रिजवुडको सत्य नारायण मन्दिरसम्म जोह्रान मम्डानीलाई पुर्यायौँ।'
स्टेट एसेम्ब्ली मेम्बर सरहाना श्रेष्ठ।
सिवाकोटीले नेपालीहरू जोह्रानको सहज जीविकोपार्जन अभियान र श्रमिक आप्रवासीहरूको पक्षमा दृढ अडानसँग गहिरो रूपमा जोडिए उल्लेख गरे। 'यो जितले हाम्रो समुदायलाई जनस्तरबाट सुरु भएको साङ्गठनिक अभियान र आफ्ना मूल्यमान्यताप्रति इमानदार रहनुको असली शक्ति कस्तो हुन्छ भन्ने बुझाएको छ,' श्वेत वर्चस्वदीहरुको आप्रवासी समुदाय फुटाउने र राज गर्ने नीति यसपटक असफल बनेको सङ्केत गर्दै उनले भने।
डिस्ट्रिक्ट ३० डाइरेक्टर अफ कम्युनिटी अफेयर्स डोल्मा लामा।
ड्रम बिट्सले यो विजय श्रमजीवी वर्गको जीवन झन् कठिन बनाउने मेयरहरू विरुद्ध गरिएको दशकौं लामो सङ्घर्ष र सङ्गठनको फल भएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ। 'हामीले सार्वजनिक सेवाहरू गुमाइरहेका थियौ, जीविकोपार्जनको लागत बढिरहेको थियो, र अपराधिकरणको सामना गरिरहनु परेको थियो,' विज्ञप्तिमा उल्लेख छ, 'ड्रम बिट्सले एनवाईसी डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिका, क्याभ भ्वाइस र न्यू योर्क कम्युनिटिज फर चेन्जसँग मिलेर गत अक्टोबरमा जोह्रानलाई समर्थन गर्यो।'
जोह्रानको चुनवी अभियानमा नेपाली।
ड्रम बिट्सले गत वर्ष डिसेम्बरमा क्याभ भ्वाइस र न्यू योर्क कम्युनिटिज फर चेन्जसँग संयुक्त रुपमा मम्डानीसहित ब्राड ल्याण्डर, जेसिका रामोस लगायतका मेयर पदका प्रत्यासीले अघि सारेका श्रमिक वर्गको एजेण्डाबारे बुझेको थिए। ती तीनवटै संस्थाका सदस्यहरुले सर्वसम्मत रुपमा मम्डानीको एजेण्डा मन पराएका थिए। त्यसपछि तीनवटै संस्थाले मम्डानीलाई पहिलो नम्बरमा समर्थन गरी चुनावी अभियानमा लागेका थिए। 'हामीले पहिलो पटक हाम्रो वर्ग र समुदायको आवश्यकताहरू पूर्ति गर्नका लागि लड्ने एउटा मेयर जिताउन सक्ने मौका देख्यौँ,' ड्रम बिट्सको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा श्रमजीवी दक्षिण एसियाली र इन्डो-क्यारेबियन समुदायका सङ्घर्ष र पीडा न्यू योर्क सिटीको सम्पूर्ण कामदार वर्गको सङ्घर्ष र पीडा भएको उल्लेख गरेको छ। साथै, धान्न सकिने जीविकोपार्जन, चाइल्डकेयर, र प्यालेस्टाइनबारे स्पष्ट आवाज उठाउनु नै न्यू योर्क सिटीमा प्रगतिशील विचार स्थापित गर्ने र श्रमजीवी वर्गका आवश्यकता पूर्ति सुनिश्तिता सुरक्षित गर्ने रणनीति बनेको पनि ड्रम बिट्सले प्रष्ट पारेको छ। 'यही रणनीतिले यो चुनावमा हाम्रा आवाज रोक्न ३ करोड (३ मिलियन० डलर) भन्दा बढी खर्च गर्ने अर्बपतिहरूको प्रयत्नलाई पराजित गर्यौँ,' विज्ञप्तिमा उल्लेख छ।
जोह्रानको चुनवी अभियानमा नेपाली।
जोह्रान मम्डानी न्यू योर्क सिटी मेयरको प्राथमिक निर्वाचन जित्ने पहिलो मुस्लिम आप्रवासी हुन्। युगाण्डामा जन्मेका मम्डानीको परिवारले करिब दुई सय वर्ष अघि भारत छाडेको थियो। न्यू योर्कमा दुई कार्यकाल गभर्नर बनेका तथा अर्बपतिहरुको साथ र आर्थिक सहयोगमा चुनाव लडेका एन्ड्रयु कुमोलाई हराएर उनी चर्चाको शिखरमा पुगेका छन्। लोकतान्त्रिक समाजवादी विचारधाराका तथा ३३ वर्षमात्र उमेर भएका उनको विजयलाई पत्रपत्रिकाहरुले “आश्चर्यपूर्ण” र “ऐतिहासिक” भनेका छन्। धेरै राजनीतिक विश्लेषकहरुले उनको विजयलाई डेमोक्रेटिक पार्टीले आफ्नो राजनीतिक सिद्धान्त र नीतिमा परिवर्तन गर्नुपर्ने बेला आएको रुपमा विश्लेषण गरिरहेका छन्।
जोह्रानको चुनवी अभियानमा नेपाली।
न्यू योर्क सिटीको मेयर बन्न अब मम्डानीले नोभेम्बरमा हुने आम चुनाव जित्नु पर्नेछ। सामान्यतया डेमोक्रेटिक प्राथमिक निर्वाचन जित्ने उमेद्वार स्वतः मेयरमा विजय हुँदै आएको इतिहास भएपनि उनले वर्तमान मेयर एरिक एडम्स र रिपब्लिकन उम्मेदवार कर्टिस सिल्वाबाहेक उनको विरुद्धमा रहेका अर्बपतिहरुको समुहसँग समेत प्रतिस्पर्धा गर्नु पर्ने छ। एकजना हेज फण्ड अर्बपति बिल एक्म्यानले त नोभेम्बरमा हुने आम निर्वाचनमा मम्डानीलाई हराउन उनको समुहले सयौं मिलियन डलर खर्च गर्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्।
जोह्रानको चुनवी अभियानमा नेपाली।










प्रतिक्रिया