न्यू योर्क। न्यू योर्क सिटी प्राइमरी निर्वाचनको ‘अर्ली भोटिङ’ शनिबार (जुन १४) देखि सुरु भएको छ। शनिबार बिहान १० बजेदेखि पाँचै वटा बोरोको निर्वाचन केन्द्रहरुमा चहलपहल बाक्लिएको देखिन्थ्यो। विभिन्न उमेदवारको स्वयंसेवकहरू निर्वाचन केन्द्र आसपास प्रचार प्रसार सामाग्री वितरण गरिरहेका देखिन्थे।
जनस्तरबाट सबैभन्दा बढी निर्वाचन अभियान सहयोग सङ्कलन गरेका मम्डानीले गरिखाने वर्ग र आप्रवासीको हितमा काम गर्ने नीति तथा कार्यक्रम अघि सारेका छन्। उनले करिब १८ हजार मानिसबाट सहयोग प्राप्त गरेका छन्। धनी वर्ग र अर्बपतिहरूबाट सहयोग पाएका कुमोलाई जनस्तरबाट करिब दुई हजार सात सय मानिसले मात्र निर्वाचन अभियानमा आर्थिक सहयोग दिएका छन्।
जुन १४ देखि सुरु भएको अर्ली भोटिङ जुन २२ सम्म चल्ने छ। मतदान जुन १४—१६, जुन १९ र जुन २१ र जुन २२ मा विहान ९ बजेदेखि साँझ ५ बजेसम्म गर्न पाइने छ। त्यस्तै, जुन १७ र १८ मा विहान १० बजेदेखि साँझ ८ बजेसम्म र जुन २० मा बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म अर्ली भोटिङ हुनेछ। मतदान गर्ने मूख्य दिन ‘इलेक्सन डे’ भने जुन २४ रहेको छ। इलेक्सन डेमा बिहान ६ बजेदेखि साँझ ९ बजेसम्म मतदान हुनेछ। न्यू योर्क सिटीको प्राइमरीमा मेयर पदका लागि मात्र ११ उमेद्वार छन्। सर्वेक्षणहरुले एसेम्ब्ली मेम्बर जोह्रान क्वामे मम्डानी र पूर्व गभर्नर एन्ड्रयू कुमोबीच कडा प्रतिस्पर्धा हुने देखाएको छ। न्यू योर्क सिटीको प्राइमरीमा मेयर पदका लागि मात्र ११ उममेदवार छन्। सर्वेक्षणहरूले एसेम्ब्ली मेम्बर जोह्रान क्वामे मम्डानी र पूर्व गभर्नर एन्ड्रयू कुमोबीच कडा प्रतिस्पर्धा हुने देखाएको छ।

पब्लिक पोलिसी पोलिङले गरेको पछिल्लो सर्वेक्षणले मम्डानीलाई ३५ प्रतिशत मतसहित मेयर पदको अग्रस्थानमा देखाएको छ भने कुमोलाई ३१ प्रतिशत मतसहित दोस्रो स्थानमा देखाएको छ। जनस्तरबाट सबैभन्दा बढी निर्वाचन अभियान सहयोग सङ्कलन गरेका मम्डानीले गरिखाने वर्ग र आप्रवासीको हितमा काम गर्ने नीति तथा कार्यक्रम अघि सारेका छन्। उनले करिब १८ हजार मानिसबाट सहयोग प्राप्त गरेका छन्। धनी वर्ग र अर्बपतिहरूबाट सहयोग पाएका कुमोलाई जनस्तरबाट करिब दुई हजार सात सय मानिसले मात्र निर्वाचन अभियानमा आर्थिक सहयोग दिएका छन्।
प्राइमरी निर्वाचनमा मेयर समेत कम्तिमा ७३ पदमा मतदान हुँदैछ। त्यसमा एक मेयर, एक पब्लिक एड्भोकेट, एक कम्प्ट्रोलर, पाँच बोरो प्रेसिडेन्ट, ५२ सिटी काउन्सिल मेम्बर र १३ सिभिल कोर्ट जज छन्। त्यसबाहेक हरेक काउन्टीमा काउन्टी अनुसार काउन्टी मेम्बरको समेत निर्वाचन हुने छ। न्यू योर्क सिटीको जनरल इलेक्सन भने आगामी नोभेम्बर ४ मा हुनेछ।





प्रतिक्रिया