२२ जेठ २०८३, शुक्रबार
Fri, Jun 5, 2026
SUBSCRIPTION

मानवीय सहायताका लागि गाजा जाँदै गरेको पानीजहाज इजरायलद्वारा जफत

मानवीय सहायताका लागि गाजा जाँदै गरेको पानीजहाज इजरायलद्वारा जफत

मानवीय सहायताका लागि गाजा जाँदै गरेको पानीजहाज इजरायलद्वारा जफत

एजेन्सी। मानवीय सहायताका लागि गाजा जाँदै गरेको पानीजहाज इजरायलले जफत गरेको छ। इजरायली नौसेनाले सोमबार मानवीय सहायता सामाग्री बोकेको पानीजहाज जफत गरेको हो।

पानीजहाजमा स्विडेनकी वातावरण अधिकारकर्मी ग्रेटा थर्नवर्ग पनि थिइन्। इजरायली नौसेनाले उनलाई पनि नियन्त्रणमा लिएको छ। इजरायली नौसेनाले पानी जहाजमा भएका सबै सुरक्षित रहेको जनाएको छ। 

गाजा प्रवेश गर्ने समुन्द्री मार्ग नाकाबन्दी गरेर बसेको इजरायली नौसेनाले उक्त पानीजहाज जफत गरेको हो। साङ्केतिक रुपमा मानवीय सहायता पुर्‍याएर त्यहाँको मानवी सङ्कटबारे अन्तराष्ट्रिय चासो वृद्धि गर्न गाजामा सहायता सामाग्री पठाइएको थियो।

पानीजहाज जफत भएपछि संयुक्त राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ। प्यालेस्टाइनी क्षेत्रको मानवअधिकार हेर्ने राष्ट्रसङ्घका स्पेसल र्‍यापोर्टर फ्रान्सेस्का अल्वानिजले गाजामाथिको तोड्न थप जहाज पठाउन आह्वान गरेकी छन्। 

प्रतिक्रिया