०५ वैशाख २०८३, शनिबार
Sat, Apr 18, 2026
SUBSCRIPTION

ग्रीन कार्डबाहकलाई ओहायोमा घर जग्गा किन्न प्रतिबन्ध लाग्न सक्ने

ग्रीन कार्डबाहकलाई ओहायोमा घर जग्गा किन्न प्रतिबन्ध लाग्न सक्ने

न्यु योर्क। स्थायी आवास अनुमति पाएका ग्रीन कार्डबाहकले भविष्यमा ओहायोमा घर जग्गा किन्ने अधिकार गुमाउन सक्ने संभावना बढेको छ। त्यससम्बन्धी विधेयकमा ओहायोका विधायकहरु गम्भिर छलफलमा जुटेपछि यस्तो संभावना बढ्दै गएको हो।

ओहायोको विधायकहरु उक्त राज्यको विभिन्न भागमा विदेशी नागरिक र ग्रीन कार्डबाहकलाई घर जग्गा किन्न अनुमति नदिने सम्बन्धी विधेयकमा छलफल गरिरहेको न्यजविकले उल्लेख गरेको छ। खासगरि सैन्य क्षेत्र र अधारभूत भौतिक संरचना भएको २५ माइलभित्र विदेशी एजेन्सी, नागरिक र ग्रीन कार्डबाहकलाई कृषि लगायतका प्रयोजनका लागि जग्गा जमिन किन्न दिने कि नदिने भन्ने विषयमा ओहोयोको विधायिकामा छलफल चलिरहेको हो।

विधेयक राष्ट्रिय सुरक्षा र जमिनमा विदेशी स्वामित्वसँग सम्बन्धित छ। उक्त विधेयककी प्रायोजक एन्जेला किङले विधेयक यसअघि विदेशी नागरिक, एजेन्सी वा ग्रीन कार्डबाहकको स्वामित्वमा आकर्षित नहुने न्जुजविकलाई जनाएकी छन्। तर, विधेयक पारित भए भविष्यमा उनीहरुले उक्त विधेयकले तोकेको क्षेत्रभित्र जग्गा किन्न सक्ने छैनन्। फ्लोरिडा र टेक्सासमा पनि घर जग्गा ब्यबसायमा विदेशी लगानी नियन्त्रण गर्न यस्तो खाले अभ्यास भइरहेको छ।

प्रतिक्रिया