०५ वैशाख २०८३, शनिबार
Sat, Apr 18, 2026
SUBSCRIPTION

अमेरिकालाई मिसाइल आक्रमणबाट जोगाउन ‘गोल्डेन डोम’ बनाउने ट्रम्पको महत्वकाङ्क्षी योजना

अमेरिकालाई मिसाइल आक्रमणबाट जोगाउन ‘गोल्डेन डोम’ बनाउने ट्रम्पको महत्वकाङ्क्षी योजना

न्यु योर्क। राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई मिसाइल आक्रमणबाट जोगाउन ‘गोल्डेन डोम’ बनाउने महत्वकाङ्क्षी योजना अघि सारेका छन्। एक सय ७५ अर्ब डलर लागत रहेको गोल्डेन डोम तीन वर्षमा बनाइसक्ने उनको योजना छ।

सुरुवाती बजेट २५ अर्ब डलर रहेको यो गोल्डेन डोमले विश्वको जुनसुकै कुनाबाट अमेरिकामाथि मिसाइल प्रहार भएपनि त्यसबाट अमेरिकालाई जोगाउन सकिने बताइएको छ। साथै, अन्तरिक्षबाट मिसाइल प्रहार भएपनि त्यसबाट अमेरिकालाई जोगाउन सकिने उल्लेख गरिएको छ।

गोल्डेन डोमका लागि एकभन्दा बडी उपग्रह निर्माण गरिने छन्। ती भू उपग्रहले कम्प्युटर सफ्टवेयर सेन्सरका माध्यमबाट अमेरिका लक्षित मिसाइल पत्ता लगाउने छ। ती मिसाइल नष्ट गर्न गोल्डेन डोम प्रणालीले प्रतिरक्षा मिसाइल प्रहार गर्नेछ। 

कंग्रेसनल बजेट अफिसले पूर्ण क्षमतामा काम गर्ने यस्तो डोम निर्माण गर्न करिब दुई दशक लाग्ने र पाँच सय अर्ब डलरभन्दा बढी खर्च हुने अनुमान गरेको छ। तर, राष्ट्रपति ट्रम्पले एक सय ७५ अर्बमा गोल्डेन डोम निर्माण गर्ने र तीन वर्षमा सञ्चालनमा ल्याउने महत्वकाङ्क्षी योजना अघि सारेका हुन्। 

ट्रम्पले गत जनवरीमा पदभार सम्हाले पछि बहु स्तरीय (मल्टि लेयर्ड) प्रतिरक्षा प्रणाली बिकास गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। गोल्डेन डोमलाई यही कार्यकारी आदेशको प्रतिफलका रुपमा हेरिएको छ।

प्रतिक्रिया