न्यु योर्क। तालहासीस्थित फ्लोरिडा स्टेट युनिभर्सिटीमा बिहीबार (अप्रिल १७) करिब ११ः५० बजे ‘मास सुटिङ’ भएको छ। मास सुटिङमा दुई जनाको मृत्यु भएको छ भने बन्दुकधारी सहित ६ घाइते भएका छन्।
गोलीबारी गर्नेमा युनिभर्सिटीकै २० वर्षीय विद्यार्थी फिनिक्स आइक्नर रहेको जनाइएको छ। फिनिक्स लिअन काउन्टी डेपुटी शेरिफको छोरा रहेको पत्रकार सम्मेलनमा शेरिफ वाल्टर म्याकनिलले बताएका छन्। उनले प्रहरी सेवामा रहेकी आफ्नै आमाले प्रयोग गर्ने ‘ह्याण्ड गन’ प्रयोग गरेका थिए। उक्त ह्याण्ड गन प्रहरीको ‘सर्भिस वेपन’ थियो।
त्यसबाहेक प्रहरीले युनिभर्सिटी स्थित स्टुडेन्ट युनियनको कार्यालय, जहाँ गोलीबारी भएको थियो,बाट एउटा शटगन र फिनिक्सको कारबाट अर्को बन्दुक बरामद गरेको छ। फिनिक्सले हानेको गोलीबाट दुई जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका थिए। फिनिक्स भने प्रहरीको गोली लागि घाइते भएको छन्। उनलाई प्रहरीले घटनास्थलबाटै गिरफ्तार गरेको थियो। उनले मौन बस्न पाउने अधिकार प्रयोग गरी गोलीबारीबारे प्रहरीलाई बयान दिएका छैनन्।
गोलीबारी गर्ने फिनिक्स सहित छ जानै घाइते खतरामुक्त रहेको तालहासी मेमोरियल हेल्थकेयरका एक चिकित्सकले सञ्चारमाध्यमहरूलाई जानकारी दिएका छन्। फ्लोरिडा गभर्नर रोन डिसेन्टिसले गोलीबारी गर्नेलाई हदैसम्मको कारवाही गर्ने जनाएका छन्।
मास सुटिङका कारण सार्वजनिक कार्यक्रम तथा फ्लोरिडा स्टेट युनिभर्सिटी सहित स्थानीय विश्वविद्यालयहरू भोलि (अप्रिल १८) बन्द गरिने भएको छ। यो फ्लोरिडामा २०२५ मा भएको छैटौँ मास सुटिङ हो। सार्वजनिक कार्यक्रम तथा



प्रतिक्रिया