काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डको राजधानी बैड्ककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनका क्रममा स्थानीय समय अनुसार शुक्रबार साँझ दुवै प्रधानमन्त्रीवीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री ओली र मोदीबीच बैंककको एक होटलमा शुक्रबार अपरान्ह झण्डै ४० मिनेट एक्ला एक्लै (वान टू वान) भेटवार्ता भएको थियो । भेटलाई दुवै देशका प्रधानमन्त्रीहरूले सौहार्दपूर्ण भएको प्रतिक्रिया दिएका छन् । संयुक्त राष्ट्रसंघको महासभा दौरानमा गत असोज ७ गते ओली र मोदीबीच भेटवार्ता भएपनि यति सौहार्द भएको थिएन ।
पछिल्लो समय नेपाल–भारतका सराकारवीच नेतृत्व तहमा सँवादहीनता जस्तो देखिरहको अवस्थामा भएको यो भेटलाइ निकै अर्थपूर्ण मानिएको छ । विमिस्टेक शिखर सम्मेलनको क्रममा साइडलाईन वार्ता भएपनि यो औपचारिक भेटलाई संवादहीनतामा आइसब्रेक भएको विदेश मामलाका जानकारहरुले बताएका छन् । दुई प्रधानमन्त्रीको भेटपछि संवादहीनता टुटेको र आशंका मेटिएको सरकारी स्रोतहरूले समेत बताएका छन् ।
दुइ देशबीचको सम्बन्धमा न्यायोपना आउन नसक्दा ओली प्रधानमन्त्री बनेको झण्डै ९ महिनासम्म भारतको औपचारिक भ्रमण हुन सकेको छैन । सामान्यता नेपालमा नयाँ प्रधानमन्त्री नियुक्ति भएपछि भारतले नयाँ प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिने गर्दछ । तर मोदी सरकारले नेपालका प्रधानमन्त्रीलाई हालसम्म औपचारिक भ्रमण निम्तो दिएको छैन ।
शुक्रबारको भेटबारे दुवै प्रधानमन्त्रीले सामाजिक संजाल एक्स(ट्वीट) मार्फत खुशी व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले हिन्दी भाषामा “मेरो प्रिय मित्र प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग आत्मीय भेट भयो, हाम्रो कुराकानी सार्थक र सकारात्मक रह्यो । यो सौहार्दपूर्ण भेटघाट प्रति म खुशी व्यक्त गर्दछु ।” भन्दै एक्समार्फत जानकारी गराएका छन् ।
यसैगरी ओलीसँगको भेटपछि मोदीले नेपाली भाषामा ट्वीट गर्दै वार्ता फलदायी रहेको लेखेका छन् । ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो । भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ। हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल ग¥यौं’ मोदीले लेखेका छन्, ‘हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा ग¥यौं ।’





प्रतिक्रिया