०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

ट्रम्प विरुद्ध २३ राज्य अदालतमा

ट्रम्प विरुद्ध २३ राज्य अदालतमा

न्यु योर्क। राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध २३ राज्य अदालत पुगेका छन्। कोभिड—१९ महामारीका कारण जारी गरिएको ११ अर्ब डलर बजेट ट्रम्प प्रशासनले खारेज गरेको भन्दै ती राज्य अदालत पुगेका हुन्।

मुद्दा दायर गर्नेमा २३ राज्य र डिस्ट्रिक अफ कोलम्बियाका गभर्नर र महान्याधिवक्ता छन्। उनीहरुले यो बजेट खारेज हुँदा देशव्यापी रुपमा सामुदायिक स्वास्थमा असर पर्ने भनेका छन्। उनीहरुले उक्त बजेटमा आधारित भएर स्वास्थ कार्यक्रम बनिसेकेको तथा डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेजसँग बिनियोजित बजेट एकलौटी रुपमा खारेज गर्ने अधिकार नभएको उल्लेख गरेको छ। 

मुद्धामा कोभिड—१९ का बेला कंग्रेसले पारित गरेको बजेट खारेज तुरुन्त रोक्न माग गरिएको छ। मुद्दा दायर गर्ने सबै राज्य डेमोक्रेट हुन्। 

प्रतिक्रिया