०५ वैशाख २०८३, शनिबार
Sat, Apr 18, 2026
SUBSCRIPTION

युनाइटेड शेर्पा एसोसिएसन इंक (शेर्पा किदुग) न्यू योर्कले २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसार विविध साँस्कृतिक कार्यक्रमसाथ मनाउँदै

युनाइटेड शेर्पा एसोसिएसन इंक (शेर्पा किदुग) न्यू योर्कले २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसार विविध साँस्कृतिक कार्यक्रमसाथ मनाउँदै

 

युनाइटेड शेर्पा एसोसिएसन इंक (शेर्पा किदुग) न्यू योर्कले बौध्द  धर्मावलम्बीहरुको महान चाड २१५२ स्यिङ मो डुल्लो  (सर्प बर्ष) ग्याल्पो लोसार विविध धार्मिक तथा साँस्कृतिक कार्यक्रमसाथ मनाउँदैछ। 

किदुगले विभिन्न धार्मिक तथा साँस्कृतिक कार्यक्रमसाथ २१५२ स्यिङ मो डुल्लो (सर्प बर्ष) ग्याल्पो लोसार मनाउनका लागि सम्पूर्ण तयारी भएको जनाएको छ। किदुगले धर्मावलम्बीहरुको लागि पहिलो पटक बुद्ध अवशेष (बुद्धका पवित्र अस्तु धातु )को दर्शन गर्ने अबसर प्रदान गर्ने भएको छ।

किदुगले धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूको तालिका सार्वजनिक गरेको छ। किदुगले फेबु्रअरी २८ शुक्रबार मार्च शनिबारको दिन शेर्पा किदुग गुम्बामा बुद्ध अवशेष ( बुद्धका पवित्र अस्तु धातु) को  दर्शन गर्ने व्यवस्था मिलाएको किदुगका महासचिव साङदोर्जे शेर्पाले जानकारी दिए। शेर्पाले अस्तु भातु दर्शन गर्ने अवसर प्रदान गर्न पाउँदा उत्साहित भएको बताउँदै यो विशेष अवसर नछुटाउनुहुन सम्पूर्ण धर्मावलम्वीहरुलाई अनुरोध गरेको छ।  शुक्रबार शनिबार बिहान बजेदेखि बेलुका बजेसम्म बुद्धको पवित्र अस्तु धातु दर्शन गर्न सकिने छ। 

त्यस्तै मार्च आइतबार शेर्पा किदुगमा लोसार उत्सव कार्यक्रम आयोजना गर्दै छ। तेन्जिङ नोर्गे शेर्पा वे, ७५औं स्ट्रिटमा अवस्थित शेर्पा किदुगको हलमा हुने कार्यक्रममा विभिन्न शेर्पा सांस्कृतिक गतिविधिहरू सहित परम्परागत लोसार उत्सवमा मनाउने तयारी गगरेको किदुगले जनाएको उत्सवमा पुज्यनिय सम्मानित धर्म गुरुहरुले धार्मिक नृत्यहरु प्रस्तुत गरिने भएको छ। त्यस दिन मनमोहक धार्मिक नृत्यहरु पनि अबलोकन गर्न पौने अबसर रहेको किदुगका महासचिव शेपाका अनुसार मार्च तारिखमा तेन्जिङ नोर्गे शेर्पा वे, ७५औं स्ट्रिटको सडक बन्द गर्ने भएको छ। सबै शेर्पाहरु परम्परागत पोशाकमा सजिएर भेला हुने भएको छ। 

त्यसैगरी शेर्पा किदुगले मार्च शनिबार युनाईटेड शेर्पा लोसार सांस्कृतिक कार्यक्रम विविध साँस्केतिक कार्यक्रम गरी मनाउँदै छ। 

तिब्बती सामुदायिक केन्द्रमा हुने कार्यक्रम साँझ बजे देखि शुरु हुने कार्यक्रम राति बजे सम्म चल्ने छ। 

कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू रहनेछन्। शेर्पाहरुको संस्कृति, भाषा पोशाकलाई जीवन्त राख्ने सेबु्र नृत्य टुङ्नाको सांगीतिक धुनसहित अन्य शेर्पा साँस्कृतिक नृत्यहरूको प्रस्तुत गरिने भएको छ। 

नेपाली संगीत क्षेत्रकी लोकप्रिय गायिका प्रविशा अधिकारीको विशेष प्रस्तुति रहने किदुगले जनाएको छ। 

स्थानीय शेर्पा गायकहरूले पनि मञ्चमा प्रस्तुती गर्ने भएको छ।  साथै विभिन्न संघ सस्थाका सामाजिक अभियन्ताहरुलाई विशिष्ट अतिथिको रुपमा आमन्त्र गरिएको किदुगका महासचिव शेर्पाले जानकारी दिए। 

शेर्पा परम्परागत नृत्य शेर्पा संस्कृति केन्द्र रिग्शुङ लोप्टाबाट विशेष शेर्पा परम्परागत नृत्य प्रदर्शन गरिएको भएको छ। नेपाली फिल्म क्षेत्रका ख्याती प्राप्त प्रसिद्ध कोरियोग्राफर गोविन्द राईले एउटा विशेष ऐतिहासिक नृत्य प्रस्तुत गर्दैछ। 

किदुगले लोसार उत्सवमा सहभागी भई सँगै मिलेर रमाईलो गरी लोसार मनाउन  एक आपसमा  शुभकामना  आदान प्रादान सम्पुर्ण नेपाली समुदायलाई अनुरोध गरेको छ।

शेर्पा किदुगले विदेशी भूमिमा पनि आफ्नो पहिचान जोगाउन विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम गर्दै आएका छन्।

किदुगले खाना नास्ता, चिया, सफ्ट ड्रिंक्स डिनरसहित स्थानीय वाइन, छ्याङको पनि व्यवस्था गरेको जनाएको छ।

 

प्रतिक्रिया