०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

अमेरिकामा टिकटक प्रतिबन्धित, सोमबारदेखि खोल्ने ट्रम्पको भनाइ

अमेरिकामा टिकटक प्रतिबन्धित, सोमबारदेखि खोल्ने ट्रम्पको भनाइ

न्यू योर्क। अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागेको छ। प्रतिबन्ध आइतबारदेखि कार्यान्वयन हुने भएपनि टिकटकले शनिबार साँझदेखि अमेरिकामा आफ्नो सेवा बन्द गरेको हो।

टिकटकले अमेरिकी प्रयोगकर्ताहरूका लागि टिकटक प्रतिबन्ध लगाउने कानून क्रियाशील भएको जनाएको सूचना जारी गरेको छ।दुर्भाग्यवश तपाईँहरूले टिकटक प्रयोग गर्न पाउनु हुने छैन,’ टिकटकले जारी गरेको सूचनामा उल्लेख , ‘टिकटक प्रतिबन्ध लगाउने कानून क्रियाशील भएको छ।टिकटकले प्रतिबन्ध खुला गर्न कडा प्रयास गरिरहेको पनि जनाएको छ।

सुप्रिम कोर्टले शुक्रबार अमेरिकामा टिकटक प्रतिबन्ध लगाउन ढोका खोलिदिएको थियो। त्यससँगै टिकटक प्रतिबन्ध लगाउने कानून सक्रिय हुने बाटो खुलेको थियो। प्रतिबन्ध सँगै टिकटक एप एप स्टोर, गुगल प्ले स्टोर, लेमनएट, क्यापकट लगायतका प्लेटफर्मबाट हटाइएको छ। सरकारले लगाएको प्रतिबन्ध अमेरिकी संविधानको फस्ट एमेण्डमेन्ट विपरित हुने भन्दै टिकटक सर्वोच्चमा गएको थिए। तर, सर्वोच्चले कङ्ग्रेस (संसद) ले राष्ट्रिय सुरक्षामा टिकटककोतत्थ्याङ्क सङ्कलनु अभ्यासप्रतिद्वन्दी देशसँगको सम्बन्धले असर पार्ने ठहर गर्दै त्यसलाई प्रतिबन्ध लगाउन गरेको निर्णय फस्ट एमेण्डमेन्ट विपरित नहुने फैसला सुनाएको थियो। उक्त फैसलासँगै टिकटकलाई प्रतिबन्ध लगाउने बाटो खुलेको थियो। 

कङ्ग्रेसले गत अप्रिलमा बहुमतले टिकटक प्रतिबन्ध लगाउने विधेयक पारित गरेको थियो। उक्त विधेयकमा राष्ट्रपति बाइडनले हस्ताक्षर गरेका थिए। त्यसपछि टिकटकलाई अमेरिकाबाट बाहिरिन वा टिकटक एपमाथि प्रतिबन्ध खेप्न दुई सय ७० दिनको समय दिइएको थियो। उक्त समय राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नु ठीक एक दिन अघि आइतबार सकिएको हो।

ट्रम्पले सर्वोच्चलाई टिकटकसम्बन्धी निर्णय ढिलाइ गर्न अनुरोध गरेका थिए। उनले सोमबार पदभार ग्रहण गरेलगत्तै टिकटक सुचारु गर्न एक्ज्याकेटिभ अर्डर जारी गर्ने एपी न्यूजले जनाएको छ। यसअघि ट्रम्पले सर्वोच्चलाई टिकटकसँग सौदाबाजी गर्न समय चाहिने बताएका थिए। 

 

प्रतिक्रिया