न्यू योर्क। राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको अन्तिम समयमा करिब १० लाख आप्रवासीका लागि टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपिएस) अवधि बढाउने भएका छन्। त्यसमा भेनेजुएला, एल साल्भाडोर, युक्रेन र सुडानका आप्रवासी परेका छन्।
यी चार देशका टिपिएसमा रहेका आप्रवासीका लागि १८ महिनाको अवधि थपिएको हो। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएसएस) ले शुक्रबार भेनेजुएला, एल साल्भाडोर, युक्रेन र सुडानका आप्रवासीका लागि टिपिएस अवधि थपिएको सूचना वेवसाइटमा प्रकाशित गरेको हो।
आफ्ना नागरिकको टिपिएस अवधि बढाउनका लागि विभिन्न देशले कुटनैतिक र अन्य च्यानलबाट लबिङ समेत गर्दै आएका छन्। त्यसरी गरिने लबिङ प्रायः बाहिर आउँदैन। तर, भ्वाइस अफ अमेरिकाले एल साल्भाडोरले आफ्नो देशका नागरिकका लागि टिपिएसको अवधि थपिदिन २०१७ मा औपचारिक रुपमा लबिङ गरेको जनाएको छ। त्यतिबेला एल साल्भाडोरका परराष्ट्र मन्त्री ह्युगो मार्टिनेज आफैँ वाशिङ्टन आएका थिए।
यससँगै भेनेजुएलाको छ लाख, एल साल्भाडोरका दुई लाख ३२ हजार, एक लाख तीन हजार सात सय र सुडानका एक हजार नौ सय आप्रवासी लाभान्वित हुने भएका छन्। डिएचएसले सामान्यतयाः टिपिएस अवधि सकिनु कम्तिमा ६० दिन अघि समय थपिएको घोषणा गर्दै आएको छ। भेनेजुएलाको टिपिएस अवधि आगामी अप्रिल २, एल साल्भाडोरको मार्च ९ र युक्रेन र सुडानको अप्रिल १९ मा सकिँदै थियो।
डिएचएसले १८ महिना समय थपेसँगै भेनेजुएलाको टिपिएस अवधि अक्टोबर २, २०२६, एल साल्भाडोरको सेप्टेम्बर ९, २०२६ र युक्रेन र सुडानको अक्टोबर १९, २०२६ सम्म कायम रहने छ।
नेपालको टिपिएस अवधि थप्न कडा प्रयास गरिरहेका छौं: अधिकार
नेपाली भाषीका लागि टिपिएसको पैरवी गरिरहेको संस्था अधिकारले टिपिएसको अवधि थप्ने प्रयास जारी रहेको जनाएको छ।
‘टिपिएसको अवधि बढाउने हाम्रो पहल जारी छ,’ अधिकारकी इमिग्रेसन अर्गनाइजर निला राईले भनिन्, ‘नेपालको डेडलाइन आउन समय बाँकी रहेकाले हामी टिपिएस थप्न कडा प्रयास गरिरहेका छौं।’ नेपालको टिपिएस अवधि जुन २४, २०२५ सम्म छ। डिएसएसले सामान्यतयाः कम्तिमा ६० दिन अघि टिपिएस अवधि थप्दै आएको छ। त्यस हिसाबले नेपालको टिपिएस अवधि थप्ने अन्तिम डेडलाइन अप्रिल २३, २०२५ हो।
नेपाली भाषी आप्रवासीको पक्षमा अधिकारले केही समय अघि डिएचएसका अधिकारीहरूसँग टिपिएसको अवधि थप्ने विषयमा छलफल गरेको थियो। अधिकारले नेपालीहरूको टिपिएस अवधि सकिनु एक वर्ष अघि जुन २०२४ देखि टिपिएस अवधि लम्ब्याउन विभिन्न माध्यमबाट लबिङ गर्दै आएको छ।
आफ्ना नागरिकको टिपिएस अवधि बढाउनका लागि विभिन्न देशले कुटनैतिक र अन्य च्यानलबाट लबिङ समेत गर्दै आएका छन्। त्यसरी गरिने लबिङ प्रायः बाहिर आउँदैन। तर, भ्वाइस अफ अमेरिकाले एल साल्भाडोरले आफ्नो देशका नागरिकका लागि टिपिएसको अवधि थपिदिन २०१७ मा औपचारिक रुपमा लबिङ गरेको जनाएको छ। त्यतिबेला एल साल्भाडोरका परराष्ट्र मन्त्री ह्युगो मार्टिनेज आफैँ वाशिङ्टन आएका थिए।
टिपिएस अवधि बढाउन सहयोग पुग्ने पत्र लेखिदिन नेपाली समुदाय सम्बद्ध अमेरिकी सङ्घसंस्था र नेपाली समुदायलाई प्रतिनिधित्व गर्ने व्यक्तिहरुले नेपाल सरकारलाई पटक पटक अनुरोध गर्दै आएका छन्। तर, त्यसमा परराष्ट्र मन्त्रालयको कर्मचारीतन्त्र बाधक बनेको उनीहरूको भनाइ छ। उनीहरुले टिपिएस अवधि थप्ने पत्र लेख्न नेपालको राजनीतिक नेतृत्व सहमत भएपनि परराष्ट्र मन्त्रालयका कर्मचारी नमानेको बताएका छन्। थप जान्न सुपर लयर खगेन्द्र जिसीसँगको अन्तरवार्ता हेर्नुहोस्ः







प्रतिक्रिया