०५ वैशाख २०८३, शनिबार
Sat, Apr 18, 2026
SUBSCRIPTION

दक्षिण कोरिया विमान दुर्घटनाः उद्धार गरिएका २ बाहेक सबै १७९ को मृत्यु

थाइल्याण्डको बैंककबाट गएको जेजु एयरको बोइङ ७३७–८०० विमान स्थानीय समय अनुसार आइतबार बिहान विमानस्थलमै दुर्घटना भएको हो । विमानमा रहेका १८१ जनामध्ये चालकदलका दुई सदस्यको भने जिवितै उद्धार गरेको थियो ।
दक्षिण कोरिया विमान दुर्घटनाः उद्धार गरिएका २ बाहेक सबै १७९ को मृत्यु

 

न्यूयोर्क । दक्षिण कोरियाको मुआन विमानस्थलमा अवतरणका क्रममा भएको विमान दुर्घटनामा चालकदलका दुई जना बाहेक सबै १७९ जनाकै मृत्यु भएको छ । थाइल्याण्डको बैंककबाट गएको जेजु एयरको बोइङ ७३७–८०० विमान स्थानीय समय अनुसार आइतबार बिहान विमानस्थलमै दुर्घटना भएको हो । विमानमा रहेका १८१ जनामध्ये चालकदलका दुई सदस्यको भने जिवितै उद्धार गरेको थियो । 

बैंककबाट उडेको यो विमान दक्षिण कोरियाको दक्षिणपश्चिम सहरस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै थियो । अहिले दुर्घटनाका क्रममा देखिएको फुटेजहरु संचारमाध्यमहरुमा प्रशारण गरिरहका छन् । प्रशारण भएका फुटेजहरुमा सो विमान अवतरणका लागि धावानमार्गमा गुडिरहको देखिएको छ । धावानमार्गमा गुडिरहेको विमान धावानमार्गमा नरोकी धुलो धुवाँसहीत अगाडिको बारमा ठोक्किएको थियो । ठोक्किएलगतै सुन्तला रंगको आगोको गोलामा विस्फोट समेत भएको दृश्यमा देखिन्छ । 

दुई चालक दलका सदस्य विमानको पुच्छर भागबाट उद्धार गरिएको उद्धार अधिकारीहरुले जनाएका छन् । दिनभर उद्धारमा व्यस्त सुरक्षाकर्मीहरुले साँझसम्ममा विमानमा रहेका अन्य १७९ जना सबैको मृत्यु भएको पुष्टि गरेको थियो । अधिकारीहरू दुर्घटनाको कारण के हो भनेर अनुसन्धान गर्दै गरेको र एकिन भन्न नसकिने जनाइएको छ । विमान सुरक्षाअधिकारीहरुले विमानको ल्यान्डिङ गियरको खराबी, चराले विमानलाई ठोक्किएको वा अन्य कुनै कारण हुन सक्ने भन्दै अनुसन्धान गरिरहेको बताइएको छ । यो दुर्घटनालाई दक्षिण कोरियाको उड्यान इतिहासमा नै सबैभन्दा घातक विमान दुर्घटना भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । 

प्रतिक्रिया