०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

‘मानसिक स्वास्थ जन्मजात आउने सामान्य कुरा हो’

‘मानसिक स्वास्थ जन्मजात आउने सामान्य कुरा हो’

न्यू योर्क। न्यू योर्क सिटी डिपार्टमेन्ट अफ हेल्थ एण्ड मेन्टल हाइजिन (एनवाइसी डिओएचएमएच) का कम्युनिटी इङ्गेजमेन्ट एण्ड ट्रेनिङ स्पेशलिस्ट दीपक चौधरीले मानसिक स्वास्थ तथा मानसिक रोग जन्मजात आउने सामान्य कुरा भएको उल्लेख गर्दै त्यसलाई लुकाएर राख्न नहुने बताएका छन्।

एनवाइसी नेपाल न्युजसँगको कुराकानीमा उनले त्यस्तो बताएका हुन्। ‘मानसिक स्वास्थ मानिसले जन्मजात लिएर आउने सामान्य कुरा हो,’ उनले भने, ‘अरुले के भन्छ भन्ने डरले मानसिक रोग लुकाएर राखे त्यसले डिप्रेसनमात्र होइन ठूलो स्वास्थ संकट पैदा गर्न सक्छ।’ उनले नेपाली समुदायमा मानसिक रोगीलाई हेर्ने दृष्टिकोणका कारण यस्तो अबस्था रहेको बताए।

‘नेपाली समाजमा मानसिक रोग भनेको सुन्नसाथ सहयोग गर्नुको सट्टा बौलाह भनिदिने नराम्रो प्रवृत्ति छ,’ उनले भने, ‘खासगरि कोभिड प्याण्डेमिक पछिको समयमा पनि नेपाली समुदायका अगुवा समेत मानसिक रोगबारे खुलेर कुराकानी गर्न सकिरहेका छैनन्। अब मानसिक रोगबारे खुलेर कुरा गर्नुपर्छ।’

उनले कोभिड १९ महामारीका बेला मानिसले रोजगारी गुमाएका कारण पैदा भएको समस्याले धेरै नेपालीमा मानसिक समस्या आएको पनि बताए। ‘धेरै नेपालीहरु पहिलो पुस्ताका नेपाली अमेरिकी हुन्, उनीहरुमा भाषागत अवरोध त छँदैछ, साथै स्रोत साधनको अभाव छ र निःशुल्क उपलब्ध स्रोत साधनसम्म कसरी पहूँच बनाउने भन्ने ज्ञानको पनि कमि छ,’ उनले भने, ‘यस्तो अवस्थामा मानसिक स्वास्थमा समस्या पैदा हुनु सामान्य कुरा हो।’

उनले सरकारी र गैरसरकारी तहमा मानसिक स्वास्थ समस्या सामना गर्न थुप्रै निःशुल्क स्रोत तथा साधनको ब्यबस्था भएको बताए। साथै, उनले मानसिक स्वास्थ समस्यासँग जुझ्न सामुदायिक संघसंस्थाले भुमिका ठूलो खेल्न सक्ने धारणा राखे।

मानसिक स्वास्थबारे थप जानकारकिा लागि एनवाइसी नेपाल न्यूज डटकमकी सम्पादक मच्छे डि. गुरुङले चौधरीसँग गरेको कुराकानीको भिडियो सामाग्री हेर्नुहोस्ः

 

प्रतिक्रिया