०८ पुस २०८२, मङ्गलबार
Tue, Dec 23, 2025
SUBSCRIPTION

किरात याक्थुङ चुम्लुङ अमेरिकाले चासोःक् तङ्नाम विभिन्न कार्यक्रम गरी मनाउँदै

किरात याक्थुङ चुम्लुङ अमेरिकाले चासोःक् तङ्नाम विभिन्न कार्यक्रम  गरी मनाउँदै

न्यू योर्क किरात याक्थुङ चुम्लुङ अमेरिकाले यही डिसेम्बर २२ मा चासोःक् तङ्नाम येले तङ्बे ५०८४ विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छ। अमेरिकाको न्यू योर्कमा बसोबास गर्ने लिम्बु समुदायले चासोःक् तङ्नाम येले तङ्बे ५०८४ (उधौली पर्व) भव्यताका साथ मनाउँने तयारी गरेको चुम्लुङ अमेरिकाका अध्यक्ष दिपक थेवेले जानकारी दिए। चुम्लुङ अध्यक्ष थेबेका अनुसार युनाइटेड शेर्पा एशोशिएसनको न्यूयोर्कको हलमा हुन लागेको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको

उधौली पर्व (चासोःक तङ्नाम ५०८४) मा लिम्बु जातिसँग सम्बन्धित विभिन्न साँस्कृतिक कार्यक्रम गरिने । विशेषगरी चासोक पूजा ( न्वाङ्गी पूजा ), यालाङ ( धान नाच ), केलाङ (च्याब्रुङ नाच ), हाकपारे लगायत सांस्कृतिक कार्यक्रम हुने बताउँदै अध्यक्ष थेबेले अमेरिकामा रहेका सबै लिम्बु समुदायलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ। 

कार्यक्रममा प्रेम मेयाङ्बो, लिला सिङ्गक, रुपा याख्खा, निलम जवेगु, सरस्वती कन्दङ्वा, सरोज थाङ्देन, बिमल चेम्जोङ लगायत कलाकारहरुले लिम्बू सांस्कृतिक धान नाच हाक्पारे प्रस्तुत गर्दैछन्। त्यस्तै राम लिम्बू, बिरेन्द्रहाङ लाबुङ, भुपेन्द्र अधिकारी, रिन्जी डोल्मा शेर्पा, नवाङ रिन्चेन शेर्पा लगायतले गीत प्रस्तुत गर्ने चुम्लुङले जनाएको त्यस्तै प्राची लिम्बु, नविन सम्बाहाम्फे, भीम देवन लगायतका कलाकारहरुको नृत्य प्रस्तुत गर्दैछन्।चुम्लुङ अमेरिकाले लिम्बु संस्कार संस्कृतिको जगेर्ना गर्दै मौलिक परम्परालाई नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले हरेक बर्ष चासोःक तङ्नाम कायर्यक्रम गर्दै आएको प्रकृतिपूजक किरात याक्थुङ समुदायले उधौली पर्वलाई चासोःक तङ्नामको रूपमा मनाउँदै आएका छन्

उधौली पर्व हरेक वर्ष मंसिर पूर्णिमाका दिन मनाइन्छ किराँती मान्यता अनुसार यस पर्वलाई किरात समुदायले उधौलीको दिन देखि हिउँदको शुरुवात भएको सङ्केतको रूप लिने गरेका छन् हिउँद शुरु भएपछि बस्तुभाउ, चराचुरङ्गी बेसितिर बसाइ सर्ने गर्दछन् किरात समुदायमा यो पर्वमा दाजुभाइ दिदीबहिनीले सार्वजनिक स्थलमा भेला भएर परम्परागत भेषभुषा लगाएर रमाउने चलन  

प्रतिक्रिया