एजेन्सी। सिरियामा दशक लामो आसाद परिवारको राज डिसेम्बर ८ बाट समाप्त भएको छ। विद्रोहीले दमास्कस कब्जा गरेसँगै दपदच्युत राष्ट्रपति बसर अल–आसादको भागेका छन्। विद्रोहीले दमास्कस तानशाह आसादबाट स्वतन्त्र भएको घोषणा गरेका छन्।
विद्रोही समुहले केही दिनमै सिरियामा बिजय हासिल गरेको हो। उनीहरुले एक रातमै दमास्कस कब्जा गरेका हुन्। विद्रोहीले सिरियाको सरकारी टेलिभिजनमार्फत दमास्कस स्वतन्त्र भएको वक्तव्य दिएका छन्। दमास्कस कब्जा गरेसँगै विद्रोहीहरु सडकमा खुशी मनाइरहेका छन्।
आसादको शासनलाई मुख्य रुपमा सहयोग गर्दै आएको रसियाले आसादले देश छाडिसकेको जनाएको छ। साथै, उसले आसादले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न निर्देशन दिएर देश छाडेको पनि भनेको छ।
सिरियाका प्रधानमन्त्रीले रेकर्डेड भिडियोमार्फत जनताले चुनेको नेतृत्वसँग सहकार्य गर्न तयार रहेको जनाएका छन्। यद्यपि उनलाई विद्रोही इस्लामीहरुको पहरामा देखिएको छ। विद्रोहीहरुले अल्पसंख्यकलाई सुरक्षा प्रदान गर्ने जनाएका छन्।







प्रतिक्रिया