०८ पुस २०८२, मङ्गलबार
Tue, Dec 23, 2025
SUBSCRIPTION

सुम्निमा साँझ १४ कल्चरल थिममा

करिब १५ मिनेटको डकुमेन्ट्रीमा साकेलाको विधि विधानदेखि महत्वबारे प्रकाश पारिनेछ। डकुमेन्ट्री बनाउनुको मुख्य उदेश्य साकेलाको बारेमा हाम्रा नयाँ पुस्ताले बनाएको बुझाइमा प्रष्टता ल्याउनु हो।
सुम्निमा साँझ १४ कल्चरल थिममा

न्यू योर्क सिटी। किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले सुम्निमा साँझ१४कल्चरल थिममा गर्ने भएको छ। आयोजक समितिले मार्च मा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्।

सुम्निमा साँझ१४ कल्चरल थिममा आयोजना गर्ने तयारी ,’ आयोजक समितिका संयोजक सिके चाम्लिङले भने। उनले यसपटक विगतका वर्षहरूमा जस्तो नेपालबाट चर्चित कलाकारहरू नल्याउने बताए।हरेक वर्ष नेपालबाट चर्चित कलाकार ल्याउने गरेकोमा यसपटक त्यो रकम किरात राई समुदायका सम्बन्धमा सानो डकुमेन्ट्री बनाउन लगानी गरेका छौँ,’ उनले भने, ‘करिब १५ मिनेटको डकुमेन्ट्रीमा साकेलाको विधि विधानदेखि महत्वबारे प्रकाश पारिनेछ। डकुमेन्ट्री बनाउनुको मुख्य उदेश्य साकेलाको बारेमा हाम्रा नयाँ पुस्ताले बनाएको बुझाइमा प्रष्टता ल्याउनु हो।

संयोजक चाम्लिङले अनलाइनमा किरात राईहरूको रीतिरिवाजबारेअथेन्टिक भिडियोत्यति नपाइने उल्लेख गर्दै भने, ‘डकुमेन्ट्री एउटा इँटा थप्ने काम हुनसक्छ कि भनेर बनाउन लागेको हो। डाक्टर शान्तिदेवी राईको व्यवस्थापन निर्देशनमा नेपालका खोटाङमा डकुमेन्ट्री सुटिङ भइरहेको छ। डकुमेन्ट्री सुम्निमा साँझ१४ मा प्रदर्शन गरिनेछ।  

सुम्निमा साँझ१४ मा मुख्य आकर्षण साकेला नृत्य हुने आयोजकको भनाइ छ। आयोजकका अनुसार साकेला नृत्य कार्यक्रममा सहभागी सबैका लागि खुला गरिनेछ। साथै स्थानीय कलाकारहरुले सांस्कृतिक मनोरञ्जनात्मक गीत तथा नृत्य प्रस्तुत गर्नेछन्।संस्कृति प्रवर्द्धनमा मात्र होइन, मनोरञ्जनमा पनि भरपुर ध्यान पुर्याएका छौँ,’ आयोजक सदस्य शम्भु राईले भने। सुम्निमा साँझ१४ का सह संयोजक राजन राई (नजर) ले कार्यक्रमको व्यवस्थापकीय पक्षमा जानकारी दिए। 

केआरएसएले कोभिड१९ महामारीका बेला बाहेक हरेक वर्ष सुम्निमा साँझ आयोजना गर्दै आएको छ। यस पटकको सुम्निमा साँझ चौधौं संस्करण हो। यो कार्यक्रम डिसेम्बर २४ को साँझ अर्थातक्रिसमस इभमा गुल्शन टेरासमा हुँदैछ। आयोजकले हलको ढोको साँझ साढे बजे खोलिने साढे बजे कार्यक्रमको औपचारिक खण्ड सुरु हुने जनाएको छ। आयोजकले किरात राई सहित करिब ३५० नेपाली कार्यक्रममा सहभागी हुने अपेक्षा गरेको छ।

सुम्निमा साँझ केआरएसए न्यू योर्क च्याप्टर हरेक वर्ष डिसेम्बरमा गर्दै आएको छ। यो कार्यक्रम किरात राईहरूको महान चाड साकेला उँधौली मनाउन आयोजना गरिन्छ। उँधौली जाडो छल्न तराई झर्ने प्राकृतिक रुपमा चलेको परम्परासँग जोडिएको छ। 


पत्रकार सम्मेलनको भिडियोः 

प्रतिक्रिया