०८ पुस २०८२, मङ्गलबार
Tue, Dec 23, 2025
SUBSCRIPTION

नेपाली विद्यार्थीद्धारा न्यूयोर्कको लाग्वार्डिया कलेजमा दीपावलीको विशेष साँस्कृतिक कार्यक्रम आयोजना

नेपालको विशिष्ट संस्कृतिको रुपमा रहेको तिहार पर्वलाई न्यूयोर्कको विविदतासंग परिचित गराउने कार्यक्रमको उदेश्य रहेको नेपाली विद्यार्थी एशोसियसनका अध्यक्ष सुजल महासेठले बताए ।
नेपाली विद्यार्थीद्धारा न्यूयोर्कको लाग्वार्डिया कलेजमा दीपावलीको विशेष साँस्कृतिक कार्यक्रम आयोजना

 

न्यूयोर्क । नेपाली विद्यार्थी एशोसियसनले दिपावलीको अवसरमा न्यूयोेर्कको लङ आइल्याण्ड सिटीस्थित लाग्वार्डिया कम्युनिटी कलेजमा विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ । नोभेम्बर १८ मा आयोजना भएको कार्यक्रम नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्ने उदेयले आयोजना गरेको एशोसियसनले जनाएको छ । 

नेपालको विशिष्ट संस्कृतिको रुपमा रहेको तिहार पर्वलाई न्यूयोर्कको विविदतासंग परिचित गराउने कार्यक्रमको उदेश्य रहेको नेपाली विद्यार्थी एशोसियसनका अध्यक्ष सुजल महासेठले बताए । साँस्कृतिक कार्यक्रममा लाग्वार्डिया कम्युनिटी कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरुले विभिन्न नेपाली गीत तथा आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए । 

नेपाली परम्परागत पोशाक झल्किने कल्चरल फेसन वाकबाट शुरु भएको कार्यक्रममा नेपाली लोक नृत्य, सामुहिक नृत्य, तिब्वतियन नृत्य, गीतहरु प्रस्तुत गरिएको थियो । कलेजकै अडोटेरियम हलमा आयोजना भएको कार्यक्रममा नेपाली विद्यार्थीहरुका साथै अन्य मुलुकका विद्यार्थी तथा शिक्षक, प्रोफेसर तथा कलेजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा लाग्वार्डिया कम्युनिटी कलेजका अध्यक्ष केनिथ एडम्सले नेपालको विशिष्ट संस्कृतिबाट आफु प्रभावित भएको उल्लेख गर्दै आफुले नेपाल भ्रमणका क्रममा पनि यस्ता संस्कृतिबारेमा अनुभव लिएको स्मरण गरेका थिए । लाग्वार्डिया कम्युनिटी कलेज नेपाली विद्यार्थीहरुको लागि आकर्षक कलेजको रुपमा रहेको चर्चा गर्दै अध्यक्ष एडम्सले कलेजले हालै घोषणा गरेको १० लाख डलरको फण्डले अन्तराष्ट्रिय विद्यार्थीहरुले पनि छात्रवृत्ति र सहायताहरु हासिल गर्न सकिने बताए । 

यस्तै कलेजका एयरफोर्स रिसर्च ल्याबोरटोरीका रिसर्च विश्लेषक डा. टिमोथि क्रोकरले कलेजमा नेपाली विद्यार्थीहरुको सक्रिय भुमिकाको प्रसंशा गरे । नेपाली संस्कृतिको जिबन्त प्रस्तुतीहरु सास्कृतिक कार्यक्रममार्फत उजागर गर्न सफल भएको भन्दै डा. क्रोकरले यस्तै मिहेनत अध्ययनका क्रममा समेत नेपाली विद्यार्थीहरुले प्रदर्शन गर्ने गरेको बताए । हाल लाग्वार्डिया कम्युनिटी कलेजमा करिब ४५० जना नेपाली विद्यार्थीहरु विभिन्न संकायहरुमा अध्ययनरत छन् । 

प्रतिक्रिया