०५ वैशाख २०८३, शनिबार
Sat, Apr 18, 2026
SUBSCRIPTION

एजेण्डा ४७: आप्रवासी र विपन्न वर्गका लागि ट्रम्प र रिपब्लिकन पार्टीको प्रतिवद्धतापत्रमा के छ?

‘२०२४ जिओपी प्ल्याटफर्म मेक अमेरिका ग्रेट अगेन’ नाम दिइएको १६ पष्ठ लामो एजेण्डा ४७ टेकेर ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित हुन सफल भए। जनवरी १, २०२५ मा कार्यभार सम्हाल्ने बित्तिकै उनले एजेण्डा ४७ लागू गर्न सुरु गर्ने छन्।
एजेण्डा ४७: आप्रवासी र विपन्न वर्गका लागि ट्रम्प र रिपब्लिकन पार्टीको प्रतिवद्धतापत्रमा के छ?

रिपब्लिकन पार्टी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आसन्न राष्ट्रपतिको निर्वाचन लक्षित गरेर गत नोभेम्बर दोस्रो साता २० बुँदे घोषणापत्र सार्बजनिक गर्‍यो। रिपब्लिकन पार्टी ट्रम्पले उक्त प्रतिवद्धतापत्रलाई एजेण्डा ४७ नाम दिए। २०२४ जिओपी प्ल्याटफर्म मेक अमेरिका ग्रेट अगेन नाम दिइएको १६ पष्ठ लामो एजेण्डा ४७ टेकेर ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित हुन सफल भए। जनवरी , २०२५ मा कार्यभार सम्हाल्ने बित्तिकै उनले एजेण्डा ४७ लागू गर्न सुरु गर्ने छन्।

पिटरसन इन्स्टिच्युट अफ इन्टरनेशनल इकोनोमिक्सले यस्तो महशुल उच्च बने रोजगारी घट्ने, महंगी बढ्ने, कृषि क्षेत्रमा असर गर्ने र विश्व व्यापार र लगानीमा निर्भर उत्पादन ब्यबसायमा असर गर्ने जनाएको छ।

एजेण्डा ४७ मा १० च्याप्टर छन्। ती च्याप्टरका २० वटा बुँदा सुरुमै हाइलाइट गरिएको छ। त्यसमध्ये वटा बुँदा प्रत्यक्ष रुपमा आप्रवासीलाई प्रभावित पार्ने खालका छन्। एनवाइसिनेपाल न्युज डेस्कले एजेण्डा ४७ पाठकसमक्ष राख्ने जमर्को गरेको छः

बोर्डर बन्द गर्ने आप्रवासीआक्रमणरोक्नेः

पहिलो नम्बरमा अर्थात् पहिलो प्राथमिकतामा परेको यो बुँदाले आफै धेरै कुरा बोल्छ। राष्ट्रपतिमा निर्वाचित भए उनले अमेरिकामेक्सिको सीमामा पर्खाल लगाउने योजनालाई निरन्तरता दिने छन्, आफ्नो देशमा कठिनाई झेल्न नसकेर शरणका लागि आउने आप्रवासीलाई अमेरिका छिर्न दिने छैनन्। रिपब्लिकन पार्टी ट्रम्पले सार्वजनिक गरेको२०२४ जिओपी प्ल्याटफर्म मेक अमेरिका ग्रेट अगेनको प्रस्तावनामै उल्लेख , ‘राष्ट्रपति ट्रम्पले सुरु गरेको पर्खाल निर्माण पुरा गरेर दक्षिणी सीमा सुरक्षित बनाउनु पर्छ। यसअघि निर्माण भएको सयौँ माइल पर्खालले भव्य काम गरेको छ।प्रस्तावनामा पर्खाल निर्माण छिटो पुरा गर्नु पर्ने, कसैलाई पनि अमेरिका छिर्न नदिन सबै नाका बाटो चनाखो भएर हेर्नुपर्ने उल्लेख छ। साथै, बोर्डर सुरक्षाका लागि अत्याधुनिक उपकरण जडान सेना परिचालन गर्नुपर्ने कुरा पनि उक्त प्रतिवद्धतापत्रमा अन्य खण्डमा उल्लेख छ।

सबैभन्दा ठूलो निर्वासन (डिपोर्टेसन) अभियान चलाउनेः

युएस इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइसिई) को तथ्याङ्क अनुसार आफ्नो चार वर्षे कार्यकालमा २०१७ देखि २०२० सम्म निवर्तमान राष्ट्रपति ट्रम्पले अमेरिका बसोबास गरिरहेका करिब नौ लाख  ३४ हजार आप्रवासी डिपोर्ट गरे। चार वर्षे कार्यकाल पुरा गर्न लागेका राष्ट्रपति जो बाइडेनले भने करिब तीन लाख ५६ हजार आप्रवासी डिपोर्ट गरेका छन्। रिपब्लिकन पार्टी ट्रम्पले राष्ट्रपतिमा पुनः चुनिए सबैभन्दा ठूलो डिपोर्टेसन अभियान चलाउने प्रतिवद्धतापत्रमा उल्लेख गरेको छ।

ब्रेनन सेन्टर फर जस्टिस लगायत थुप्रै संस्था र ठूला मिडियाहरुले आप्रवासीका कारण अपराध बढेको भन्ने धारणा झुटो रहेको तथ्य प्रस्तुत गरेका छन्। त्यसका वावजुद रिपब्लिकन पार्टी र ट्रम्पको घोषणापत्रमा 'आप्रवासी अपराध महामारी 'रोक्ने भन्ने शब्द परेको छ।

श्रमजीवीका लागि भारी कर छुट टिप्समा कर नलाग्नेः

प्रतिवद्धतापत्रको छैठौं बुँदामा परेको यो घोषणा हेर्दा श्रमजीवी आप्रवासी वर्गका लागि आकर्षक देखिन्छ। तर, प्रतिवद्धतापत्रमा च्याप्टर मा विदेशमा उत्पादित बस्तुमा महशुल लगाउने उल्लेख छ। अमेरिकाले करिब ९० प्रतिशत लत्ता कपडा २० प्रतिशत खाद्यान्न आयात गर्छ। महशुल लागेपछि लत्ता कपडा खाद्यान्न जस्ता दैनिक उपभोग हुने आधारभूत बस्तु महंगो हुन्छ। यसले आफ्नो कमाइको ठूलो हिस्सा दैनिक उपभोग्य सामाग्रीमा खर्चिनु पर्ने विपन्न वर्गले कर छुटको फाइदा लिन पाउँदैनन्। पिटरसन इन्स्टिच्युट अफ इन्टरनेशनल इकोनोमिक्सले यस्तो महशुल उच्च बने रोजगारी घट्ने, महंगी बढ्ने, कृषि क्षेत्रमा असर गर्ने र विश्व व्यापार र लगानीमा निर्भर उत्पादन ब्यबसायमा असर गर्ने जनाएको छ।

आप्रवासी अपराध महामारी रोक्ने, विदेशी लागू औषध कार्टेल ध्वस्त पार्ने, गिरोहगत हिंसा तहसनहस बनाउने तथा हिंस्रक अपराधीलाई थुन्ने।

ब्रेनन सेन्टर फर जस्टिस लगायत थुप्रै संस्था ठूला मिडियाहरुले आप्रवासीका कारण अपराध बढेको भन्ने धारणा झुटो रहेको तथ्य प्रस्तुत गरेका छन्। त्यसका वावजुद रिपब्लिकन पार्टी ट्रम्पको घोषणापत्रमाआप्रवासी अपराध महामारी रोक्नेभन्ने शब्द परेको छ। यसले आप्रवासीप्रति रिपब्लिकन पार्टी ट्रम्पको दृष्टिकोण प्रष्ट हुन्छ। ट्रम्प पुनः राष्ट्रपतिमा चुनिएका छन्। २०१६ मा ब्यापारिक पृष्ठिभूमिबाट सीधै राष्ट्रपतिमा निर्वाचित हुँदा उनीसँग देश हाँक्ने राजनीतिक प्रशासनिक अनुभव थिएन। त्यसका वावजुद आफ्नो कार्यकालमा झण्डै १० लाख अनधिकृत आप्रवासी खेदाए। यसपटक उनीसँग देशको बागडोर हाँकेको अनुभव छ। उनले प्रहरी सेना परिचालन गरेर तथा शिविर खडा गरेर डेढ करोड देखि दुई करोड अनधिकृत आप्रवासी निकाल्ने घोषणा गरेका छन्। यस्तो अबस्थामा  उनकै शब्दमाआप्रवासी अपराध महामारीरोक्न प्रहरीले कस्तो भुमिका खेल्ला त्यसले आप्रवासी समुदायमा कस्तो असर पार्ला? अघिल्लो कार्यकालमा ट्रम्प प्रशासनबाट आप्रवासी बसेका स्थानमा भएको छापा, धरपकड स्मरण गर्दा अनधिकृत आप्रवासीका भावी चार वर्ष कसरि गुज्रेला भन्ने अनुमान गर्न सजिलो हुन्छ।

हमास समर्थक उग्रवादीलाई डिपोर्ट गरि हाम्रा कलेज, क्याम्पस सुरक्षित देशभक्त बनाउने:

हमास दबाउने नाममा प्यालेस्टाइनमा भइरहेको नरसंहार विरुद्ध अमेरिकी कलेजमा पढिरहेका विद्यार्थीहरु प्रदर्शनीमा उत्रिए। उनीहरुले अमेरिकी सरकार समक्ष युद्ध विरामको माग गरे। ती विद्यार्थीहरुलाई हमास समर्थक भएको आरोप लगाइयो। ट्रम्प रिपब्लिकन पार्टिले आफ्नो घोषणापत्र मार्फत् त्यस्ता हमास समर्थक अतिवादी विद्यार्थीलाई डिपोर्ट गर्ने प्रतिबद्धता गरेको छ। 

घोषणापत्रमा अमेरिका बसोबास गरिरहेका आप्रवासीलाई अप्रत्यक्ष रुपमा प्रभावित पार्ने लैंगिक अल्पसंख्यक समुदायलाई प्रत्यक्ष प्रभाव पार्ने अन्य प्रतिवद्धताहरु पनि समावेश छन्। खासगरि बुँदा १७ १८ मा ती कुरा हाइलाइट गरिएका छन्।२०२४ जिओपी प्ल्याटफर्म मेक अमेरिका ग्रेट अगेनविभिन्न च्याप्टरमा एलजिबिटिक्यू प्लस विषमलिंगीलाई प्रत्यक्ष प्रभाव पार्ने कुराहरु समावेश छन्। पाठकहरुको सुविधाका लागि उक्त घोषणापत्र यहाँ जस्ताको तस्तै राखिएको छ।

बिस्तृत जानकारीका लागि पढ्नुहोस् एजेण्डा ४७:

 

प्रतिक्रिया