न्यू योर्क। रिजउडस्थित नेपाली मन्दिरले नेपाली पात्रो अनुशरण गर्दै नोभेम्बर ३ आइतबार टिका लगाउने निर्णय गरेको छ। भाइटिका लगाउने शुभ साइन विहान ११ः३४ रहेको मन्दिरका पण्डित दिपक खरालले बताए।
'भाइटिकाको शुभ साइत नोभेम्बर ३ विहान ११ः३४ बजे परेको छ', उनले भने, 'साइत छोपेपछि दिनभर टिका लगाउन सकिन्छ।' उनले भाइटिका लगाउने व्यक्ति पश्चिम र लगाइदिने व्यक्ति पूर्व फर्किनु उत्तम हुने जानकारी दिए।

न्यू योर्कमा आधारित पात्रो अनुसार भने भाइटिकाको शुभ साइत नोभेम्बर २ मा पर्छ। पण्डित खरालका अनुसार नोभेमबर २ मा विहान ११ः४४ बजे शुभ साइत छ। उक्त दिन पनि शुभ साइतपछि दिनभर भाइटिका लगाउन सकिन्छ। त्यस्तै भाइटिका लगाइदिने व्यक्ति पूर्व र लगाउने व्यक्ति पश्चिम फर्किनु उत्तम हुने पण्डित खरालको भनाइ छ। न्यू योर्क बस्ने नेपालीले नेपालकै समय अनुसार टिका लगाउने भएकाले यसपटक पनि नेपालकै पात्रो अनुसार शुभ साइत निकालिएको उनले बताए।
त्यस्तै, लक्ष्मी पूजाको शुभ साइत भने अक्टोबर ३१ मा साँझ ६ः१५ देखि ८ः३५ सम्म रहेको पण्डित खरालले बताए। उक्त दिन साँझ मन्दिरमा लक्ष्मी पूजा गरिन्छ।







प्रतिक्रिया