०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

के आइसले आप्रवासी माथि निगरानी बढाउन लागेको हो?

आप्रवासी निकाल्ने आइसले जासुसी सफ्टवेयर कम्पनीसँग गर्‍यो २ मिलियन डलरको सम्झौता। सम्झौताप्रति ह्युमन राइट वाचको चासो।
के आइसले आप्रवासी माथि निगरानी बढाउन लागेको हो?

न्यू योर्क। अनधिकृत आप्रवासीलाई देश निकाल्न ख्याति कमाएको इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले जासुसी सफ्टवेयर (स्पाइवयर) बनाउने इजरायली कम्पनीसँग सम्झौता गरेको छ। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएसएस) ले आइसका लागि सेप्टेम्बर ३०, २०२४ मा इजरायली कम्पनी प्यारागन सोलुसन्स इंकसँग उक्त सम्झौता गरेको हो।

सम्झौताको संक्षिप्त विवरण युएस स्पेन्डिङले आफ्नो वेबसाइटमा राखेको छ। त्यस अनुसार सम्झौताको राशि मिलियन अमेरिकी डलर छ। प्यारागनले आइसलाई सेप्टेम्बर २९, २०२५ भित्र कम्प्युटर हार्डवेयर सफ्टवेयर उपलब्ध गराउनु पर्छ।

युएस स्पेन्डिङको वेबसाइटमा उक्त कम्पनी विदेशी स्वामित्वको भन्ने उल्लेख छ। वायर्ड म्यागेजिनले सम्झौतासम्बन्धी कागजात समीक्षा गरेको उल्लेख गर्दै प्यारागन सोलुसन्स इंक इजरायली कम्पनी भएको जनाएको छ। प्यारागन स्मार्ट फोन इन्क्रिप्सन गरेर व्यक्तिगत विवरणसम्म पहूँच दिन कहलिएको कम्पनी हो। 

ह्युमन राइट वाच (एचआरडब्लु) नामक अन्तराष्ट्रिय मानव अधिकारवादी संस्थाले समाचार प्रकाशन गरी उक्त सम्झौताबारे चासो व्यक्त गरेको छ। एचआरडब्लुका प्रविधि, अधिकार अनुसन्धान हेर्ने सिनियर सर्भिलेन्स रिसर्चर ज्याक क्याम्वेलले यो सम्झौताले अधिकारमा जोखिम पैदा गर्ने एचडब्लुआरको वेबसाइटमा उल्लेख गरेका छन्। उनले आइसमानव अधिकार उल्लङ्घनमा संलग्न रहेको’ उल्लेख गर्दै आइसले खरिद गर्ने प्रविधिअन्तराष्ट्रिय मापदण्ड अनुसारहुनुपर्नेमा जोड दिएका छन्। 

उनले आइसले किन्न लागेको प्रविधि कस्तो हो र के कामका लागि हो भनेर नखुलाएको भन्दै सरकारको नियतप्रति प्रश्न गरेका छन्। युएस स्पेन्डिङको वेबसाइट र वायर्ड म्यागेजिनले पनि आइसले किन्न लागेको प्रविधिबारे खुलाएको छैन। 

 ‘आइसले अमेरिका मेक्सिको बोर्डर पार गर्ने खोज्ने मानिसलाई दुर्व्यवहार गरेको, सीमा क्षेत्रमा बसोवास गर्ने समुदायको निगरानी गरेको, सीमा क्षेत्रमा काम गर्न पत्रकार, वकिल, अधिकारवादीलाई रोकेको, दुर्व्यवहार गरको, थुनेको सोधपुछ गरेको प्रति ह्युमन राइट वाचले चासो व्यक्त गर्दै आएको ’, उनले लेखेका छन्, ‘आइसलाई यस्ता स्पाइवयर दिँदा समस्या झन गहिरिन्छ।पछिल्लो समय मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने नेपालीहरूको संख्या बढेको छ।

 

प्रतिक्रिया