काठमाडौँ । नेपाली प्रहरीले ६९ औँ प्रहरी दिवस मनाएको छ । प्रहरी प्रधानकार्यालयमा मनाएको दिवशमा विभिन्न झाँकी प्रस्तुत गर्नुकासाथै सम्मानहरु प्रदान गरेको थियो । सो अवसरमार प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आगामी अधिवेशनबाट विद्यमान नेपाल प्रहरी ऐनलाई संशोधन गर्ने विधेयक प्राथमिकताका पारित गरिने बताए ।

नेपाल प्रहरीद्वारा आयोजित ६९ औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी ऐन संशोधन गर्ने विधेयक मन्त्रिपरिषद्ले पारित गरिसकेको संशोधित कानुन संसदबाट पारित भएपछि प्रहरीमा नयाँ दिनको उदय हुने उल्लेख गरे । उक्त विधेयकलाई हाल आवश्यक सुझावका लागि लोकसेवा आयोगमा पठाइएको छ । नेपाल प्रहरीलाई आफूले जेलमा रहँदा, सांसद–मन्त्री हुँदादेखि नै नजिकबाट चिनेको उल्लेख गर्दै उनले यस सङ्गठनलाई अपराध अनुसन्धानमा तालिम र अत्याधुनिक साधनको उपब्धता गराउने विषयमा सरकारकोे ध्यान जाने प्रतिबद्धता व्यक्त गरे । अहिले समाजमा सांस्कृतिक धरातल खस्किएको र साइबर अपराध र लागु औषध प्रयोगका घटनाहरु बढ्नु राम्रो नभएको उनले बताए । देश–विदेशमा खटिएर शान्ति सुरक्षामा रहेका सबै प्रहरीलाई दिवसको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले समाजमा प्रहरीले शान्ति सुव्यवस्था कायम गर्न खेलेको भूमिका असाधारण र प्रशंसनीय रहेको बताए ।






तस्बीरः दिनेश भण्डारी





प्रतिक्रिया