१० भदौ २०८३, बुधबार
Wed, Aug 26, 2026
SUBSCRIPTION

गोविन्द डान्स सेन्टरले देउसी भैलो साँझ २०२४ गर्दै

गोविन्द डान्स सेन्टरले देउसी भैलो साँझ २०२४ गर्दै


न्यू योर्क। गोविन्द डान्स सेन्टरले देउसी भैलो साँझ २०२४ आयोजना गर्दैछ। नृत्य निर्देशक गोविन्द राईको कोरियोग्राफमा यही अक्टोबर १८ तारिख क्वाीन्समा अवस्थित गुल्सन टेरेशमा देउसी भैलो साँझ आयोजना गर्न लागेको हो। नृत्य निर्देशक राईले विगत २ बर्षदेखि अमेरिकाको न्यू योर्कमा रहेका नेपाली बालकालिकाहरुलाई नेपाली भाषा, संस्कार र संस्कृति झल्कने नेपाली नृन्य सिकाउँदै आएका छन्। नेपाली कला र संस्कृतिको जगेर्ना गर्न र नेपाली पर्वबारे नयाँ पुस्तालाई जानकारी गराउनका लागि देउसी भैलो साँझ गर्न लागेको नृत्य निर्देशक राईले जानकारी दिए। कार्यक्रम डान्स सेन्टरमा नृत्य सिकेका बालबालिकाहरुको प्रस्तुति रहने छ। कार्यक्रममा नेपाली गीत संगीत क्षेत्रमा चर्चित गायक गायिकाहरु विमल डाँगी, सपनाश्री परियार, रेश्मा सुनुवार, निशा सुनार लगायतको प्रस्तुति रहने छ।

नृत्य निर्देशक राईले सय भन्दा बढी नेपाली चलचित्रमा नृत्य निर्देशकको रुपमा काम गरिसकेका छन्। राईले निर्देशन गरेका गोर्खा पल्टन, बारुले कम्मर भाँचन, ढल्क्यो ढल्क्यो जोवन मेरो, ढल ढल जोवन छर लगायत गीत चर्चित छन्। कार्यक्रमको होष्ट कोरियोग्राफर तथा सञ्चारकर्मी विक्की पुलामी तथा मिस कस्मोपोलिटन वल्र्ड २०१९ प्रियारानी लामाले गर्दैैछन्। कार्यक्रमको लागि विभिन्न व्यवसायी तथा संघसंस्थाले सहयोग गरेको निर्देशक राईले जानकारी दिए। कार्यक्रममा सहभागी भएर सहयोग गरिदिनको लागि नृत्य निर्देशक राईले अनुरोध गरेको छ।

प्रतिक्रिया