०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

४३ जनप्रतिनिधिले भनेः प्रस्ताव २–६ मा ‘नो’ गर्नुहोस्

४३ जनप्रतिनिधिले भनेः प्रस्ताव २–६ मा ‘नो’ गर्नुहोस्

न्यू योर्क सिटी। अमेरिकाको न्यू योर्क सिटी, न्यू योर्क स्टेट, फेडेरल स्तरका ४३ जनप्रतिनिधिले मेयर एरिक आड्म्सको प्रस्ताव मानोमा चिन्ह लगाउन आह्वान गरेका छन्।

उनीहरूले न्यू योर्क सिटीको मूल कानून सिटी चार्टर संशोधन गर्न गरिएका ती प्रस्ताव पारित भए सिटी मेयरलाई निरङ्कुश अधिकार दिने, सिटी सरकारका विभिन्न अंग बीच शक्ति सन्तुलन बिगार्ने, न्यू र्यो सिटीवासीलाई सुविधा उपलब्ध गराउन गाह्रो बनाउने भन्दैनोमा चिन्ह लगाउन मतदातालाई आह्वान गरेका हुन्। ती जनप्रतिनिधिलेनो पावर ग्य्राव एनवासीअभियानप्रति ऐक्यवद्धता जनाएका छन्। लोकतन्त्रको रक्षा गर्न मेयर आड्म्सको ती खतरनाक प्रस्ताव पराजित गर्न चलाइएको यो अभियानमा ५० भन्दा बढी सामाजिक अधिकारवादी सामुदायिक संघ संस्था आवद्ध छन्। 

ती प्रतिनिधिले अक्टोबर १० मा एक कार्यक्रम आयोजना गरी मतदाता समक्ष यस्तो आग्रह गरेका हुन्। त्यसमा कंग्रेसम्यान जेरोल्ड न्याड्लर, कंग्रेसवुमन नादिया भलास्केज, सिटी काउन्सिल स्पिकर एड्रियन आडम्स सहित अरु ४० निर्वाचित जनप्रतिनिधि छन्। मेयर आडम्समाथि भ्रष्टाचारको अभियोग लागेको सिटीका धेरै उच्च अधिकारीबाट राजिनामा आइरहेको अवस्थाले सिटी व्यवस्थापनमा गम्भीर प्रश्न उठेका बेला जनप्रतिनिधिहरूले यस्तो आह्वान गरेका हुन्। 

मेयर आडम्सको चार्टर रिभिजन कमिटीले हतारमा ल्याएको प्रस्ताव पारित भए सिटीको संविधान कमजोर बन्नेछ शक्ति सन्तुलन खल्बलिनेछ,’ सिटी काउन्सिल स्पिकर एड्रियन आडम्सले भने। उनले यी प्रस्तावले न्यू योर्क सिटीको जनताप्रति उत्तरदायी लोकतान्त्रिक प्रतिनिधित्व प्रणाली विधायिका (सिटी काउन्सिल) को मेयरलाई नियन्त्रण गर्ने ब्यबस्थामा हस्तक्षेप गरेर सरकारलाई जनताको आवश्यकता सम्बोधन गर्न गाह्रो बनाउने बताए।शक्ति सन्तुलन कायम राखेर न्यू योर्कवासीको हीतको रक्षा गर्नु अत्यावश्यक ,’ उनले भने, ‘मीठो भाषामा लेखिएको यी भ्रामक प्रस्तावका वास्तविक असर बुझ्न ती प्रस्तावमा नो मा चिन्ह लगाउन मतदाताहरूलाई अनुरोध गर्छु।

आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा छवटा प्रस्ताव छन्। पहिलो प्रस्ताव न्यू योर्क राज्यका लागि हो। प्रस्ताव मेयर आडम्सले न्यू योर्क सिटीको मूल कानून संशोधन गर्न थपेका हुन्। राष्ट्रपतिलाई मत दिइसकेपछि मतदाताले मतपत्र पल्टाउनु पर्नेछ। त्यसमा यी प्रस्ताव उल्लेख छन्। मतदाताले ती प्रस्तावमायसवानोचिन्ह लगाउनु पर्नेछ।

न्यू योर्क सिटीको संविधान (सिटी चार्टर) परिवर्तन गर्दा चार्टर कमिसनले धेरै पक्षमा ध्यान पुऱ्याउँदै आएको इतिहास छ। त्यसका लागि न्यू योर्कवासी विज्ञहरुको राय लिने अभ्यास छ। तर, आडम्सले ती प्रक्रिया पुरा गरेनन्। उनले आफ्ना राजनीतिक सहयोगी दाताहरु सम्मिलित कमिसन बनाए निर्वाचन मार्फत हतारमा संविधान संशोधन गर्न यी प्रस्ताव ल्याएकोनो पावर ग्य्राव एनवाइसीअभियानले प्रेस विज्ञप्ति मार्फत् जनाएको छ। 

प्रस्ताव मानोमा चिन्ह लगाउन आह्वान गर्ने ४३ जनप्रतिनीधिमा कंग्रेसम्यान जेरोल्ड न्याड्लर, कंग्रेसवुमन नादिया भलास्केज, एनवाइसी पब्लिक एड्भोकेट जुमानी विलियम्स, एनवाइसी कम्प्ट्रोलर ब्राड ल्याण्डर, एनवाइसी सिटी काउन्सिल स्पिकर एड्रियन आडम्स, डेपुटी स्पिकर डायना अयाला, ब्रुक्लिन बोरो प्रेसिडेन्ट एन्टोनियो रेनोसो, स्टेट सिनेटर जबरी ब्रिस्पोर्ट, क्रिस्टेन गोञ्जालेज, ब्राड होयलम्यानसिगल, लिज क्रुगर, जेसिका रामोस, गुस्ताभो रिभेरा जुलिया सालाजार छन्। त्यस्तै, न्यू योर्क सिटी काउन्सिल मेम्बर शान अब्रेयु, एलेक्सा एभिलिस, क्रिस ब्यांक्स, एरिक बोचर, गेल ब्यु्रअर, टिफानी कबान, कार्मेन डे ला रोसा, जेनिफर गुटिरेज, सहाना हनिफ, क्रिस्टल हड्सन, शेखर कृष्णन, क्रिस्टफर मार्ते, स्याण्डी नर्स, ची अस, लिङ्कन रेस्लर, युसफ सलाम, केभिन राइली, पेरिना साञ्चेज, नताशा विलियम्स जुली वन मेजरिटी लिडर अमाण्डा फरियास छन्। 

 

प्रतिक्रिया