०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

न्यू योर्क सिटीका ९६ प्रतिशत सडक ब्यापारी आप्रबासी

इमिग्रेसन रिसर्च इनिसियटिभले न्यू योर्क सिटीका सडक ब्यापारी बारे अध्ययन गरि पहिलो बिस्तृत तथ्याङ्क सार्बजनिक गरेको छ।
न्यू योर्क सिटीका ९६ प्रतिशत सडक ब्यापारी आप्रबासी

 

न्यू योर्क। मनभरी अमेरिकी सपना सजाएर आउने करिब २३ हजार आप्रवासीको यात्रा सडक ब्यापारमा टुङ्गिएको एउटा अध्ययनले देखाएको छ। इमिग्रेसन रिसर्च इनिसियटिभले एनवाइसिनेपालन्युजडटकमलाई उपलब्ध गराएको अध्ययन अनुसार ९६ प्रतिशत सडक ब्यापारी आप्रवासी छन्। सडक ब्यापारी बारे गरिएको यो पहिलो बिस्तृत अध्ययन हो।

 

यो पहिलो विस्तृत अध्ययन हो जसले सडक ब्यापारी को हुन्, उनीहरु कसरि काम गर्छन्, उनीहरुको जीविकाको अबस्था कस्तो भन्ने विवरण दिन्छ। यो अध्ययनमा दुई हजार ६० सडक ब्यापारी सहभागी थिए। अध्ययनको तथ्याङ्क विश्लेषणमा जर्ज मेसन युनिभर्सिटी, डिपार्टमेन्ट अफ स्टाटिस्टिक्सका प्राध्यापक जोनाथन अवरबाक भुमिका रहेको यो अध्ययनको नतिजाले सडक ब्यापारी बारे बिस्तृत तथ्यांक उपलब्ध गराएको छ। 

 

 

अध्ययनका अनुसार ठेला गाडिमा खाना बेच्ने अनुमानित २० हजार ५०० सडक ब्यापारी मध्ये ७५ प्रतिशतसँग व्यापार अनुमतिपत्र छैन। त्यस्तैअन्य सामाग्री बेच्ने अनुमानित दुई हजार ४०० ३७ प्रतिशतसँग अनुमतिपत्र छैन।

 

न्यू योर्कका सडक ब्यापारीमा असाधारण विविधता ,’ अध्ययन प्रतिवेदनमा भनिएको , ‘विश्वका हरेक कुनाबाट आएका मानिस सडक ब्यापारी बनेका छन्।अध्ययनमा गहना, गिफ्ट सुभिनियर सामाग्री बेच्नेदेखि फलपूm, पानी क्लासिक हट डग बेच्नेसम्मका सडक ब्यापारिलाई समेटिएको छ।

 

 

कूल सडक ब्यापारी मध्ये ९६ प्रतिशत अमेरिका बाहिर जन्मिएका आप्रवासी छन्।चार प्रतिशत सडक ब्यापारी मात्र अमेरिकामा जन्मेका हुन्,’ अध्ययनमा उल्लेख छ। ब्यासाय सुरु गर्न धेरै पैसा नलाग्ने अड्चन कम हुने भएकाले आप्रवासी यो पेसामा लागेका हुन्। अध्ययनले ठेलामा सडक बेच्ने ३९ प्रतिशत आप्रवासीले अमेरिकी नागरिकता लिइसकेको २७ प्रतिशतसँग ग्रीन कार्ड रहेको उल्लेख गरेको छ। 

 

 

सडक ब्यापारिमा हिस्पानिक वा ल्याटिनो मुलका आप्रवासीको सबैभन्दा ठूला हिस्सा (६० प्रतिशत) छ। त्यसैगरि मध्य पूर्व उत्तर अफ्रिकी मुलाका आप्रवासीको हिस्सा २२ प्रतिशत छ। त्यसपछि क्रमशः भारत सहित दक्षिण एशियालीको सात प्रतिशत, काला वा अप्रिकी अमेरिकीको प्रतिशत, पूर्वी एशियालीको तीन प्रतिशत गोराको दुई प्रतिशत हिस्सा सडक ब्यापारमा छ।

 

 

अध्ययनका अनुसार ठेला गाडिमा खाना बेच्ने अनुमानित २० हजार ५०० सडक ब्यापारी मध्ये ७५ प्रतिशतसँग व्यापार अनुमतिपत्र छैन। त्यस्तै, अन्य सामाग्री बेच्ने अनुमानित दुई हजार ४०० ३७ प्रतिशतसँग अनुमतिपत्र छैन। त्यस्तै, ठेगा गाडिमा खाना बेच्ने ४९ प्रतिशत महिला छन् भने अन्य सामाग्रस् बेच्ने ३३ प्रतिशत सडक ब्यापारी महिला छन्। अनुमतिपत्र नहुने सडक ब्यापारिमा महिलाको हिस्सा बढी छ।अनुमतिपत्रले सडक ब्यापारीको कमाइमा ठूलो फरक पर्छ,’ अध्ययनमा उल्लेख छ। 

 

 

त्यस्तै, करिब ६३ प्रतिश सडक ब्यापारिसँग ट्वाइलेट वा ट्वाइलेटसम्म पहूँच छैन। अर्बन जस्टि सेन्टरले सडक ब्यापारीको हित प्रबद्र्धन गर्नस्ट्रिट भेन्डर प्रोजेक्टचलाउँछ। उक्त संस्थासँग दुई हजारभन्दा बढी सडक ब्यापारी आबद्ध छन्।   

 

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू